भोलि धनकुटा भरिनै यो समयमा विद्युत सेवा अवरुद्ध हुने
धनकुटा । भोलि बिहान ७:३० बजेदेखि दिउंसो ३ बजे सम्म धनकुटा जिल्ला भरिनै विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले जनाएको छ ।
धरान सब स्टेशनमा कार्य गर्न दुहबि धरान 33 केभि लाईन सटडाउन लिएकोले उक्त समयमा जिल्ला भरि बिद्युत अवरूद्ध हुने प्राधिकरणले आफ्नो फेसबुक मार्फत जानकारी गराएको हो ।
प्राधिकरणले फेसबुकमा लेखेको छ : भोलि मिति २०७८।४।१६ गते शनिबार बिहान ७:३० देखि दिउसो ३ बजेसम्म धरान बितरण केन्द्रले धरान सब स्टेशनमा कार्य गर्न दुहबि धरान ३३ केभि लाईन सटडाउन लिएकोले उक्त समयमा धनकुटा जिल्ला भरि बिद्युत अवरूद्ध हुने ब्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि अनुरोध छ।



