कोरोना संक्रमितहरुलाई स्वास्थ्य सामाग्री उपलव्ध
धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य खगेन्द्र घिमिरे सहित अन्य कोरोना संक्रमितहरुलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले स्वास्थ्य सामाग्री उपलव्ध गराउनुभएको छ ।

कोरोना संक्रमण पछि होम आईशोलसनमा उपचाररत घिमिरे सहित उहाँकी श्रीमती प्रमिला घिमिरे र नेपाली कांग्रेस जिल्ला सदस्य तथा नेपाल प्रेस युयिनका केन्द्रिय षार्षद सुमना तिम्सिनाको स्वास्थ्यवस्थाको वारेमा जानकारी लिदै सचिव राईले स्वास्थ्य समाग्री समेत प्रदान गर्नु भएको हो ।
नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष समेत रहनु भएका उहाँले नेपााली कांग्रेसका पूर्व जिल्ला सहसचिव राजन पौडेल लगायत धनकुटाका अन्य पत्रकारहरु सँग पनि भेटघाट गरी स्वास्थ्य स्थितिको वारेमा जानकारी लिएको वताउनु भएको छ ।

संक्रमितहरु सँगको भेटपछि अहिले सम्म धनकुटामा १ सय १७ कांग्रेस नेता कार्यकर्ता र १३ जना पत्रकारहरु कोरोना संक्रमित भैससेको उहाँले जानकारी गराउनु भएको छ ।


