‘सरकार ! तुइन विस्थापन गरियोस्’

काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशैभरिका तुइन विस्थापन गरी पुल निर्माण गर्न माग गरेका छन् । बैठकको विशेष समयमा उनीहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक तुइन विस्थापन भएको भने पनि अहिले पनि दुर्गम जिल्लामा तुइन यथावत् रहेको जनाउँदै जतिसक्दो चाँडो तुइन विस्थापन गरी पुल निर्माण गर्न जोड दिएका हुन् ।

नेपाली कांग्रेसका दिलेन्द्र बडूले भन्नुभयो, “पूर्वप्रधानमन्त्री ओलीले तुइन विस्थापन भयो भन्नुभएको होइन ? तुइन त जहाँको तहीँ छ, अब यो सरकारले तुइन विस्थापन गरी पुल निर्माण गर्नुपर्छ । दार्चुला घटनाबारे राजनीतिक ढाकछोपभन्दा पनि निष्पक्षरुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ ।”

यही साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी तर्ने क्रममा भएको दुर्घटनामा स्थानीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका छन् । नेकपा (एमाले) का डा सूर्यप्रसाद पाठकले दार्चुला घटनाबारे नेपाल सरकारले भारत सरकारसँग वार्ता गर्न नसकेको भन्दै दुःख व्यक्त गर्दै घटनाबारे निष्पक्ष छानबिनको माग गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का सुरेन्द्रकुमार कार्कीले पार्टीगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको पक्षमा काम गर्न सरकार, राजनीतिक पार्टी र नेतालाई अनुरोध गर्नुभयो । जनता समाजवादी पार्टीका सांसद रामबाबुकुमार यादवले नागरिकता विधेयक कहाँ पुग्यो भनी प्रश्न गर्नुभयो । नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले आव २०७८÷०८९ ले गरिब, मजदूर किसानलाई समेट्न नसकेको बताउनुभयो । (एमाले) का विन्दा पाण्डेले दार्चुला जिल्ला घटनाबारे सत्यतथ्य छानबिन गरी यथाशीघ्र संसद्मा जानकारी गराउन माग गर्नुभयो ।

नेपाली कांग्रेसका देवेन्द्रराज कँडेलले दार्चुला घटनाबारे छानबिनको माग गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का गजेन्द्रबहादुर महतले राजनीतिक दलका नेताहरु जनताको समस्याभन्दा पनि व्यक्तिगत स्वार्थमा लागेको आरोप लगाउनुभयो ।

जनता समाजवादी पार्टीका लिलादेवी सिटौलाले कोरोना खोप वितरणमा असमानता भएकाले समानरुपमा वितरण हुनुपर्छ भन्नुभयो । (एमाले) का शेरबहादुर तामाङले मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइप्रति संसद्को ध्यानाकर्षण गराउनुभयो । उहाँले सिन्धुपाल्चोक जिल्लामा भएको बाढी पहिरोले पारेको प्रभावबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाली कांग्रेसका प्रमिला राईले ज्येष्ठ नागरिकलाई दोस्रो चरणको खोपको व्यवस्था गर्न माग गर्नुभयो । (एमाले) का गङ्गा चौधरी सत्गौवाले राजनीतिक दलका नेताहरुको सम्पत्ति छानबिन हुनुपर्नेमा जोड दिनुभयो । (एमाले) का पवित्रा निरौलाले देशका विभिन्न स्थानमा भएका हत्या, हिंसा र बलात्कारका घटना अन्त्यका लागि प्रभावकारी रुपमा काम गर्न सरकारसँग माग गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।