‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ,प्रतिनिधिसभामा ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आव २०७६/०७७’ पेश भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद अकबरबहादुर सिंहको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकले सिंहको निधनप्रति शोक प्रकट गर्दै एक मिनेट मौनधारण गरिएको थियो । सिंहको ९० वर्षको उमेरमा गत साउन १५ गते निधन भएको थियो ।

तत्कालीन राष्ट्रिय प्रजातन्त्रपार्टीबाट विसं २०४८ को प्रतिनिधिसभामा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नं २ बाट निर्वाचित हुनुहुन्थ्यो । लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका सिंह पछिल्लो समय नेपाली कांग्रेस पार्टीसँग आबद्ध हुनुहुन्थ्यो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २६ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।