धनकुटामा मुक्ति सेनाका कमाण्डर तथा प्रजातन्त्र सेनानीको निधन
धनकुटा,१९ साउन । प्रजतन्त्रको सेनानी,मुक्ति सेनाका कमाण्डर तथा धनकुटा जिल्ला चौविसे गाउंपालिका वडा नं. ७ का डम्वर जंग लिम्बुको आज निधन भएको छ ।
उहाको पार्थिव शरिरमा नेपाली कांग्रेस धनकुटाका नेताहरुले झण्डा ओढाएर सम्मान गर्नु भएको थियोभने नेपाली कांग्रेस धनकुटाले प्रजातन्त्र सेनानी लिम्बुको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षती पुगेको भन्दै शोक विज्ञप्ती प्रकाशि गरेको छ ।
९० बर्षको उमेरमा निधन हुनु भएका मुक्ति सेनाकका कमाण्डर प्रजातन्त्र सेनानी डम्वर जंग लिम्बुको पार्थिव शरिरमा नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई,महासमिति सदस्यहरु दुर्गा सुवेदी,ललित वहादुर चेम्जोग,जिल्ला सदस्य हर्कमान चेम्जोग,धनकुटा नगर उपसभापती मिलन खड्गी,नेपाल प्रेस युनियन धनकुाका अध्यक्ष हिमा चेम्जोग लगायतका नेताहरुले चारे तारे झण्डा ओढाएर सम्मान गर्दै अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
नेपाली कांगेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले प्रजातन्त्रका सेनानी मुक्ति सेनाका कमाण्डर लिम्बुको आज निधन भएकोमा शोक विज्ञप्ती प्रकाशित गरी उहाको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको उल्लेख गर्नु भयो ।
नेपाली कांगेस धनकुटाले उहा प्रति सम्मान सहित श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा सवेदना समेत व्यक्त गरेको छ ।
धनकुटा जिल्ला चौविसे गाउपालिका वडा नं. ७ मौनावुधुक निवासी प्रजातन्त्रका सेनानी,मुक्ति सेनाका कमाण्डर डम्वर जंग लिम्बुले राणा शासन विरुद्धको आन्दोलन र पञ्याती व्यवस्थाको विरुद्धमा समेत हतियार उठाएर ससस्त्र आन्दोलन गर्नु भएको र लामो समय सम्म प्रवास भारतमा समेत वस्नु भएको नेपाली कांग्रेस धनकुटका महासमिति सदस्य दुर्गा वहादुर सुवेदीले वताउनु भयो । स्वर्गीय प्रजातन्त्र सेनानी लिम्बुको आजै चौविसेको मौनावुधुकमा लिम्बु संस्कार अनुसार दाह संस्कार समेत गरिएको छ ।


