करीब तीन हजार भुटानी शरणार्थीलाई कोरोनाविरुद्धको खोप

दमक, झापाको दमक र पूर्वी मोरङको पथरी शनिश्चरेका शिविरमा बस्दैआएका करीब तीन हजार भुटानी शरणार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । स्थानीय स्वास्थ्य शाखामार्फत दुई शिविरका १८ वर्ष माथिका करीब तीन हजार शरणार्थीलाई जोन्सन खोप दिइएको हो ।

नेपाल सरकार र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायोग (यूएनएचसिआर) को समन्वय तथा त्यहाँका शरणार्थी व्यवस्थापन समितिको व्यवस्थापनमा एकैसाथ खोप लगाइएको शनिश्चरेस्थित शिविर व्यवस्थापन समितिका सचिव चम्पासिंह राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार पथरी शिविरमा कूल एक हजार ५०० भुटानी शरणार्थीमध्ये ८५६ र दमकको बेलडाँगीस्थित शिविरका दुई हजार ३०७ शरणार्थीलाई खोप लगाइएको हो । खोपकार्यको अनुगमनमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी, दातृ संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

चार महिनाअघि निकालिएको तथ्याङ्कअनुसार झापा र मोरङमा कूल छ हजार ५०० भुटानी शरणार्थी बसोबास गरिरहेका बेलडाँगी शिविर व्यवस्थान समितिका सहसचिव टिबी राईले बताउनुभयो ।

महामारी नियन्त्रणमा रु ४१ लाख सहयोग जुट्यो

दमक उद्योग वाणिज्य सङ्घले सञ्चालन गरेको कोरोना महामारी नियन्त्रण अभियानअन्तर्गत करीब रु ४१ लाख ७५ हजार सहयोग जुटाएको छ । सङ्घको अगुवाइमा सञ्चालन गरिएको महामारी नियन्त्रण अभियानले अत्याधुनिक भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य उपकरण खरीदका लागि सो सहयोग जुटाइएको अध्यक्ष गोकुल श्रेष्ठले बताउनुभयो ।

सङ्घले आज पत्रकार सम्मेलन गरी निजी क्षेत्रका सङ्घ संस्था र व्यक्तिको सहकार्यमा सहयोग जुटाएर विभिन्न स्वास्थ्य उपकरण खरीद गरी ल्याइसकिएको उहाँले बताउनुभयो ।

सहयोग जुटाउन सङ्घका पूर्व अध्यक्ष प्रकाश प्रसाइँको संयोजकत्वमा कोरोना महामारी नियन्त्रण अभियान गठन गरिएको थियो । अभियानका संयोजक प्रसाइँले दमकमा कोरोनाको महामारी नियन्त्रणका लागि निजी क्षेत्रका तर्पmबाट सहयोग पुगोस् भनेर विभिन्न व्यक्ति तथा संस्था, लायन्स क्लबसँगको सहकार्यमा सहयोग प्राप्त भएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।