चुरोट र पानी बिक्रीको निश्चित् रकम समाजसेवामा

चितवन, जिल्लाको प्रमुख शहर नारायणगढ बजार नजिकैको द ग्रिनपार्क रेष्टुराँ एण्ड बारले चुरोट र पानी बिक्रीको निश्चित् रकम समाजसेवामा खर्च गर्ने गरेको छ । रेष्टुरराँले चुरोटको प्रति खिल्ली रु दुई र पानीको प्रतिबोत्तल रु तीन समाजसेवामा खर्च गर्ने गरेको हो ।

रेष्टुराँका सञ्चालक जोन कँडेलकाअनुसार मूल्य बढाएर होइन, चलनचल्तीको मूल्यमै रकम छुट्याउने गरिएको छ । हालसम्म सो रकमबाट क्यान्सर सेवा समाज सेवा चितवनलाई रु २८ हजार ८१६, मितेरी फाउण्डेशनलाई रु २६ हजार ८३२, खैरहनी माध्यमिक विद्यालयलाई २६ हजार ९३८ र रास्कोट अस्पताललाई २७ हजार ४८८ सहयोग गरिसकिएको छ ।

कँडेलका अनुसार रु ६५ हजार सञ्चित रकम रहेको छ । सो रकम चुरोटबाट बचाइएको हो । पानीको रकम पछिल्लो समय शुरु गरिएको हो । पानीको सङ्कलित रकम हालसम्म वितरण गरिएको छैन । अत्यावश्यक क्षेत्रमा सो रकम सहयोग गरिने उहाँको भनाइ छ ।

रुख, बिरुवा र हरियालीको बीचमा कटेजसहितको यस रेष्टुराँमा तीन सयभन्दा बढी पुस्तकसहित पुस्तकालय रहेको छ । कँडेलको भनाइमा पुस्तकालयमा आएर पुस्तक पढ्दै खाने र रमाउने ४० देखि ५० जना रहेका छन् । रेष्टुराँलाई पूर्ण पारिवारिक बनाइएको उहाँको भनाइ छ ।

उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष राजन गौतमले नारायणगढको कोलाहालबाट पैदलनै पुगेर वनभित्रको अनुभूति दिलाउने गरी रेष्टुराँ सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायसँगै समाजसेवा गर्नेलाई प्रोत्साहन गर्नुपर्छ ।”

भरतपुर महानगरपालिका–४ लङ्कु धारापानीका कँडेलको यो रेष्टुरेन्ट आफ्नै १४ कठ्ठा जमीनभित्र रहेको छ । रेस्टुराँ परिसरमा साल, सिमल, डुम्री, बकाइनो, कटहर, जामुन, बाँस, मलेसियन साल, कपुर, तेजपत्तालगायतका ठूला रुख र फलफूलका बिरुवा रहेका छन् ।

एक सयभन्दा बढी प्रजातिका बिरुवा र फूलहरु रहेकाले जोकोहीलाई वनभित्र बसेको अनुभूति हुने गर्दछ ।

रेष्टुराँ परिसरमा बच्चाका लागि पिङ, चिप्लेटी, ढिकिच्याउ जस्ता खेल राखिएका छन् । स्थानीय योगेन्द्र पौडेलले मान्छे तर्साउने ठाउँमा कँडेलले व्यवस्थापन गरेर सामाजिक सेवासहितको व्यवसाय गरेको बताउनुभयो ।

रेन्टुराँसँगै मूलबाट निस्किएको पानीका तीन वटा धारा पनि रहेका छन् । आठ दाजुभाइमध्ये सातौं सन्तान कँडेलले स्नातकोत्तर गरी राजधानीमा व्यावसायिक अनुभव बटुलेर आफ्नै जमीनमा यो व्यवसाय गर्नुभएको हो ।

शुरुमा केही साझेदारसँग थालिएको व्यवसायपछि उहाँ एक्लैले सम्हाल्दै आउनुभएको छ । सो व्यवसायमा रु एक करोडको हाराहारी लगानी भएको उहाँको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।