‘तथ्याङ्क विधेयक, २०७८’ पारित

काठमाडौँ, राष्ट्रियसभाले ‘तथ्याङ्क विधेयक, २०७८’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

सो विधेयकलाई पारित गर्नुपूर्व बैठकमा विधेयकउपर विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल भएको थियो ।

विधेयकमाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद खिमलाल भट्टराई, कोमल वली र ठगेन्द्रप्रसाद पुरीले आ–आफ्नो धारणा राख्नुभएको थियो भने छलफलमा उठेका प्रश्नको मन्त्री कार्कीले जवाफसमेत दिनुभएको थियो ।

यो पनि पढ्नुहोस..

पोखरा,‘मेरो मनमा चीन’ शीर्षकमा चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । चिनियाँ राजदूतावासको आयोजना तथा यहाँस्थित नेपाल–चीन जनमैत्री सङ्घको संयोजनमा सो प्रतियोगिता गरिएको हो ।

कास्कीका विभिन्न विद्यालयमा अध्ययनरत् विद्यार्थीले भाग लिएका प्रतियोगितामा कास्की मोर्डनाइज्ड स्कूलकी सिन्जल पुन पहिलो, कुमुदिनी होम्सकी अविशा पालिखे दोस्रो, कुमुदिनीकै सुहाना गुरुङ तेस्रो र पश्चिमाञ्चल एकेडेमीका श्याम शर्माले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

प्राज्ञ तथा कलाकार रमेश श्रेष्ठले उनीहरूलाई क्रमशः रु दश हजार, रु आठ हजार र रु छ हजार प्रदान गर्दै चित्रकलाकै माध्यमबाट पनि गुजारा चलाउन सकिने भएकाले यसलाई सोखको रुपमा मात्रै नलिए पेशा नै बनाउन सकिने छ भन्नुभयो ।

प्रतियोगी अध्ययनरत विद्यालयलाई शैक्षिक सामग्री पनि प्रदान गरिएको सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले जानकारी दिनुभयो । चीनले जनस्तरमै सम्बन्ध विस्तार गर्ने उद्देश्यले यस्ता प्रतियोगिता आयोजना गर्दै आएको र विद्यार्थीहरू कलाका अतिरिक्त अन्य रचनात्मक क्रियाकलापमा समेत सामेल होउन् भन्ने उद्देश्यले ती सामग्री उपलब्ध गराइएको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।