राष्ट्रिय जनमुक्ति पार्टी धनकुटाका निवर्तमान अध्यक्ष मृ’त अवस्थामा फेला
धनकुटा, २१ साउन । राष्ट्रिय जनमुक्ति पार्टी धनकुटाका निवर्तमान अध्यक्ष हरिभक्त बान्तवा झु’न्डिएको अवश्थामा मृ’त फेला परेका छन् ।
धनकुटाको यलम्बर चोकमा बस्दै आएका वान्तवा आज विहान आफ्नै घर अघिको सानो रुखमा झु’न्डिएको अवस्थामा फेला परेको पारिबारिक स्रोतले जानकारी दिएको छ ।
८२ बर्षिय राईले आ’त्म ह त् या गरेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ भने विस्तृत अनुसन्धान गर्न बांकी रहेको प्रहरीले जनाएको छ ।
नागरिकता लिने बढे
चितवन, २१ साउन (रासस) : जिल्लामा गत आर्थिक वर्षमा नयाँ नागरिकता लिनेको सङ्ख्या बढेको छ । आव २०७७/०७८ मा १३ हजार १८ ले नयाँ नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अघिल्लो आव २०७६/०७७ मा आठ हजार २७० ले नयाँ नागरिकता लिएका थिए ।
कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार कोरोना भाइरस सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीको अवधि गत वर्षको तुलनामा यस वर्ष कम भएको हुँदा नागरिकता लिने व्यक्तिको सङ्ख्या बढेको हो । राष्ट्रिय परिचयपत्र बनाउनका लागि पनि नागरिकता अनिवार्य भएका कारण नागरिकता बनाउनेको सङ्ख्या बढेको उहाँले बताउनुभयो ।
गत वर्ष २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता, तीन जनाले अङ्गीकृत नागरिकता, ४६३ ले नाबालक परिचयपत्रको आधारमा र १३ हजार ३०७ ले प्रतिलिपि नागरिकता लिएका छन् । अघिल्लो आवमा भने ३१ ले वैवाहिक अङ्गीकृत, दुई जनाले अङ्गीकृत, ७६७ नाबालक परिचयपत्रको आधारमा तथा छ हजार ६४५ ले प्रतिलिपि नागरिकता लिएको उहाँले जानकारी दिनुभयो ।
सोही अवधिमा जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि नौ हजार १९४ को फारम दर्ता गरिएको छ । अघिल्लो आवमा १६ हजार ५१५ जनाले राष्ट्रिय परिचयपत्रका लागि फाराम भरेका थिए । अहिले राष्ट्रिय परिचयपत्र चार हजार जनाको बनेर आएको र २०० ले मात्रै लगेको पौडेलले जानकारी दिनुभयो ।
कार्यालयमा गत आव २०७७/०७८ मा नौ हजार ४९४ ले राहदानीका लागि सिफारिस लिएका छन् । वैदेशिक रोजगारी र अन्य प्रयोजनका लागि उनीहरुले राहदानीको सिफारिस लिएका हुन् । उनीहरुमध्ये आठ हजार ४७५ ले साधारण सिफारिस र एक हजार १९ जनाले द्रुत सेवाका लागि सिफारिस लिएका हुन ।
कार्यालयमा अघिल्लो आवमा राहदानीका लागि १२ हजार ४१९ ले सिफारिस लिएका थिए । तीमध्ये १० हजार ३६५ ले साधारण र दुई हजार ५४ जनाले दु्रत सेवा लिएको उहाँले बताउनुभयो ।


