इच्छा विपरित विवाहको कुरा चलाएपछि साथीको सहारामा

इनरुवा, २१ साउन,विवाहको कुरा चलाएपछि सुनसरीको दुहवी नगरपालिका– ८ सोनापुरकी एक युवतीले साथीको शरणमा पुगेकी छन् ।

परिवारमा आफ्नो इच्छा विपरीत विवाहको कुरा चलाइएपछि स्थानीय खदिजा खातुन घर छाडेर साथीको शरणमा पुग्नुभएको हो ।

आफूलाई कक्षा ७ सम्म मात्रै पढाएको परिवारले पठनपाठबाट वञ्चित गरेको पछिल्लो समय वैशाखमा आफ्नो इच्छा विपरीत विवाहको कुरा चलाएपछि असार दोस्रो हप्तादेखि घर छाडेर सुरक्षित साथ साथीको शरणमा पुगेको खदिजाले बताउनुभयो ।

परिवारले प्रहरीसम्म उजूरी गर्नका लागि गएको सूचना पाएपछि खदिजाले विरानगरमा साथी कहाँबाट भिडियो र पे्रश विज्ञप्तिमार्फत आफू सुरक्षित रहेको सार्वजनिक गरेको खजिाले जानकारी दिनुभयो ।

परिवारले मावि र उच्च शिक्षासम्म पढ्नबाट वञ्चित गरेको अरोप लगाउँदै खदिजाले विवाह पनि आफूले चाहेको भन्दा अर्कैसँग इच्छा विपरीत गर्न खोजेकाले सुरक्षाका लागि साथीको शरणमा पुगेको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।