मुख्यमन्त्री पोखरेलद्वारा जिपी कोइराला अस्पताल निरीक्षण

दमौली,गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आज निरीक्षण गर्नुभएको छ । पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको उक्त अस्पतालको आज मुख्यमन्त्री पोखरेलले निरीक्षण गर्नुभएको हो ।

सो क्रममा मुख्यमन्त्री पोखरेलले अस्पतालले प्रवाह गर्दै आएको सेवाका बारेमा जानकारी लिनुभएको छ । अस्पताल सङ्घीय सरकार मातहत रहे पनि गण्डकी प्रदेश सरकारका तर्फबाट आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निरीक्षणका क्रममा प्रदेशसभा सदस्य डोबाटे विक, सरिता गुरुङ, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, नगर प्रमुख किसान गुरुङ, प्रमुख जिल्ला अधिकारी सागर आचार्यलगायत सहभागी हुनुहुन्थ्यो ।

सो क्रममा मुख्यमन्त्री पोखरेललाई अस्पतालका सञ्चालक एवं चिकित्सकले अस्पतालले प्रवाह गर्दै आएको सेवाका बारेमा जानकारी गराउनुभएको थियो । दक्षिण एशियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रुपमा स्थापना गर्न सरकारले केही वर्ष अघि पूर्वप्रधानमन्त्री स्व कोइरालाका नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार सो नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ ।

अस्पतालमा तीन विशेषज्ञ चिकित्सक र नौ मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नसारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान भइरहेको छ । त्यसबाहेक अस्पतालले केही दिन अगाडिबाट मात्र कल्चर सेवा पनि शुरु गरेको छ । अस्पतालले १० देखि ४ बजेसम्म ओपिडी सेवा, चौबिसैँ घण्टा इमर्जेन्सी सेवा, ल्याव, भिडियो एक्सरे सेवा, माइनर अप्रेशन लगायतका सेवा दिइरहेको छ ।

अस्पतालले कोरोना सङ्क्रमितको पनि उपचार गरिरहेको छ । कोरोना सङ्क्रमितको उपचारका लागि दशवटै स्थानीय तहको लागत साझेदारीमा आइसोलेसन केन्द्र निर्माण गरिएको छ । आइसोलेसन केन्द्रमा अक्सिजनसहितको व्यवस्था मिलाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।