गठे मंगल पर्व धनकुटामा समेत मनाइँदै

धनकुटा,२२ साउन । नेवार समुदायमा प्रचलित गठे मंगल पर्व धनकुटामा समेत आज मनाइँदैछ ।

रा’क्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले आज देशका विभिन्न ठाउँमा यो पर्व मनाउने गर्दछन् । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ । दु’ष्टात्मा र भू’तप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन रहेको छ ।

कोरोना भा’इरस संक्रमणका कारण यो पर्व लाई संस्कृती जगेर्ना गर्ने रुपमा मात्र मनाईएको । गठेमंगललाई नेपालभरि आ–आफ्नै तरिकाले मनाइन्छ ।

यो दिन मन्दिरहरूमा दान दिने चलन छ यसरी दान दिएमा दशा लगायतका दुर्भाग्यहरू टर्ने विश्वास पनि छ ।

परापूर्वकालमा नास्तिक व्यक्तिले ‘भगवानको नाम सुन्न नपरोस’ भनी कानमा घन्टा झुन्ड्याएको र उसको आ’तंकले धेरैलाई अप्ठ्यारो परेकाले उसको आज दहन गरिएको कथन रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।