धनकुटाको महालक्ष्मी नगरपालिकामा संक्रमण बढेसंगै आज रात बाट लागु हुने गरि गर्यो यस्तो निर्णय
धनकुटा,२२ साउन । धनकुटाको महालक्ष्मी नगरपालिकाले आज राती १२ बाट साउन ३२ गते सम्म नगरपालिका बाट प्रदान गर्ने अत्यावश्यकीय बाहेका सेवा बन्द गरेको जनाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण नगरपालिकामा समेत बढ्दै गएको भन्दै त्यसको जोखिम लाई कम गर्न अत्यावश्यकीय बाहेका सेवा बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत बसन्त गिरी द्धरा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै नगरपालिका भित्र सार्वजनि भिडभाड नर्गन, हाट बजार नलगाउन , मठ,मन्दिर गुम्बा, मस्जित लगायत धार्मिक स्थानमा नियमित पुजा मात्र गर्न भनिएको छ त्यस्तै सबै प्रकारका सेमिनार, बैठक खेलकुद गति विधी गर्न समेत नगरपालिकाले रोक लगाएको छ ।
दैनिक उपभोग्य बस्तुका पसल विहान ६ बजे देखि १० बजे सम्म मात्र खोल्न भनिएको छ । मध्यम तथा लामो दुरीका यातायतका साधन समेत नगरपालिका भित्र पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ । तर स्वाथ्य संस्था बाट प्रभाह हुने सबै सेवा खुल्ला रहने छन् ।
त्यस्तै फोहोर मैला व्यावसथापन, एम्बुलेन्स, नगरप्रहरी ,खानेपानी , विपद् व्यावस्थापन सेवा भने सुचारु हुने नगरपालिकाले जनाएको छ ।



