धनकुटाका ४ हजार वढीलाई जोनसोन एण्ड जोनसोन खोप
श्रावण २२,धनकुटा । धनकुटाको विभिन्न स्थानिय तहका ४ हजार ४ सय ५६ जनाले कोरोना भाईरस विरुद्धको जोनसोन एण्ड जोनसोन खोप लगाएका छन् ।
अमेरिकी सरकारबाट नेपाललाई प्राप्त जोनसोन एण्ड जोनसन खोप जिल्लामा पहिलो पटक हिजोबाट ५० देखी ५४ वर्ष उमेर समूहका नागरिक,वैदेशिक रोजगारमा जाने सवै नागरिक,पूर्ण र अति अपांगता भएका नागरिक र यसअघि खोप लगाउन छुटेका सम्पूर्ण स्वस्थ्यकर्मीलाई लगाईदै गरिएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।
जसअनुसार हिजो जिल्लाको चौविसे गाउँपालिका,सागुरीगढी गाँपालिका,शहिदभूमी गाउँपालिका र धनकुटा नगरपालिकाका सवै स्वास्थ्य संस्था मार्फत खोप लगाईएकोमा धनकुटा नगरपालिकाका २ हजार २ सय ९२, चौविसे गाउँपालिकाका ७ सय ५५, सागुरीगढीका ७ सय २३ र शहिदभूमीका ६ सय ८६ जनाले खोप लगाएको कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभएको छ ।
अव पाख्रीवास नगरपालिका,छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका सवै स्वास्थ्य संस्थाहरु मार्फत लक्षित समूहलाई साउन २४ गते यो खोप लगाईने छ।


