शुरु भयो पाख्रिबासमा ब्यबसायीक कफी खेती,संघिय सॉंसद राईले यसरी गरे उद्घाटन

नारायण कुमार राई/धनकुटा २३,साउन । धनकुटाका एक स्थानिय तह एक उत्पादनलाई जोड दिने क्रममा पाख्रिबास नगरपालिका धनकुटाले ब्यवसायिक कफी खेती शुरु गरेको छ ।

नगरले शुक्रबार एक उत्घाटन कार्यक्रमको आयोजना गरेर नगरमा बृहत कफी खेती शुरु गरेको छ । पालिकाका उप–मेयर देवकला पौडेल(तिम्सिना) को अध्यक्षतामा भएको कार्यक्रममा संघिय सांसद राजेन्द्र कुमार राईले गमलामा रोपिएका कफीको बिरुवामा पानी हालेर कफी खेतीको शुभारम्भ गर्नुभएको छ ।

कफी खेतीको उत्घाटन गर्दै राईले कफी खेतीको बृहत बिकासको लागि वडाका सबै १० वडाका जनप्रतिनीधिहरुले समेत कफी खेती गर्न जोड दिनुभयो । उहाँले कफी खेतीको बजारको जिम्मा नगरले लिनुपर्नेमा समेत जोड दिनुभएको छ ।

कार्यक्रममा नगरपालिमा कफी खेतीका योजनाकार तथा कृषि अभियन्ता साथै टेखिमे कृषि परामर्श केन्द्रका संचालक जीवन प्रसाद राईले कफी खेती र नगरले कफी खेतीका लागि गरेको कार्यक्रमको जानकारी दिनुभयो । खेतीका लागि नगरको लगानीमा ५ लाख बिरुवा तयारी रहेको कार्यक्रममा जानकारी दिईएको छ ।

सबै वडाहरुमा सम्भाव्यता अध्ययन गरी आम समुदायमा खफी खेती बिस्तार गर्न लागेको नगर आफैंले पनि ५० रोपनीमा नमुना कफी खेतीको कार्यक्रम समेत शुरु गरेको छ ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल,जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चौहान,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई लगाएतले कफी खेतीको शुभकामना दिनुभएको थियो ।

नपा वडा नं ८ का अध्यक्ष सिताराम राईले संचालन गर्नु भएको कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत डिक बहादुर राईले स्वागत मन्तब्य राख्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।