धनकुटामा आज बिहानै बस दु’र्घटना,८ घा’इते !(नामावली सहित)

धनकुटा,२४ साउन । धनकुटा नगरपलिका १० पात्ले कोशी लोक मार्गमा आज विहान रोकिराखेको ट्रकमा बस ठो’क्किएर दू’र्घटना भएको छ ।

दू’र्घटनामा परि ८ जना यात्रु घा’इते भएका छन् । घाईते मध्ये १ जनाको अवस्था ग’म्भिर रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

काठमाण्डौबाट धनकुटा हुँदै भोजपुर तर्फ जाँदै गरेको बा ५ ख ५६२४ नं बस को १ ख ४२२८ नं काे रोकिराखेको ट्रकमा ठो’क्किदा बसमा सवार भोजपुर बोखिम ५ का वर्ष २९ का राजन भण्डारी ग’म्भिर घा’ईते भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी दिपक कुमार रायले जानकारी दिनुभयो ।

दुबै खुट्टामा चो ट लागेको उनलाई धनकुटा अस्पतालमा सामान्य उपचारपछि धरान विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको उहाँले वताउनुभयो ।

त्यस्तै अन्य घा ईते हुनेहरुमा भोजपुर नपा १ का वर्ष ३४ का देवीमाया तामाङ,भोजपुर तिवारी भञ्ज्याङ २ का वर्ष २८ का सन्तोष महत,भोजपुर नपा ३ का वर्ष ५४ का पर्व रई,भोपुर पौवादुम्मा गापा १ का वर्ष २८ का लक्ष्मी पाण्डे,ट्याम्केमैयुङ गापा १ भोजपुरका वर्ष २७ का निमेष वराईली,काभ्रेपलानचोक मन्नदेउपुरनपा १ का वर्ष ३४ को रमेश पौडेल र सप्तरी सुरुङ्गा नपा ४ कनकपुर का वर्ष ३३ का सुरेश कुमार चौधरी रहेका छन् ।

उनिहरुको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले जनाएको छ । दू’र्घटनाग्रस्त बसका चालक फरार रहेकोले खोजी भईरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी रायले वताउनु भएको छ । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस्…

युवाको नेतृत्व विकास र उद्यमशीलतामा परिषद्

– शरद् शर्मा/काठमाडौँ, २४ (रासस) : राष्ट्रिय युवा परिषद्ले युवालाई नेतृत्व क्षमता विकास गरी उद्यमशील बनाउँदै लगेको छ । युवालाई विभिन्न प्रशिक्षण, तालिम र उनीहरुमा भएको क्षमताका आधारमा नेतृत्व विकास गर्दै र उद्यमशीलतातर्फ अग्रसर गराउँदै आएको हो ।

परिषद्ले नमूना युवा संसद् र युवा क्लब सञ्जाल गठन गर्दै नेतृत्व क्षमता विकास गर्नेदेखि लिएर युवालाई स्वरोजगारमुखी बनाउन सहुलियतपूर्ण कर्जा प्रवाहमा पनि भूमिका निर्वाह गर्दै आएको छ । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले नेतृत्व विकास गरी र उद्यमशील बनाई एउटा युवालाई देशको सक्षम नागरिक बनाउनका लागि परिषद्ले काम गरिरहेको बताउनुभयो । उहाँले धेरै बजेटमा प्रदेश र स्थानीय तहको समन्वयमा युवाको नेतृत्वका विकासका काम गरिरहेको बताउनुभयो ।

राष्ट्रिय युवा नीति, २०७२ र युथभिजन २०२५ नेपाली युवाको सर्वाङ्गीण विकासका लागि आवश्यकीय मार्गनिर्देशकरूपमा रहेका छन् । यी दुवैले तय गरेको लक्ष्यलाई परिषद्ले पूरा गर्ने छ । मुलुकमा कूल जनसङ्ख्याको ४०.३ प्रतिशत युवा भए पनि सरकारले पहिलोपटक युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चितता तथा समृद्ध राष्ट्र निर्माणका लागि युवाका क्षेत्रमा काम गर्न सरकारले विसं २०७२ फागुनमा परिषद् गठन गरेको हो ।

परिषद्ले प्रदेश, जिल्ला र स्थानीय तहसम्म संरचना तयार गरी युवा नेतृत्वको विकासमा भूमिका खेल्दै आएको छ । वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश युवा परिषद् र ७७ वटा जिल्लामा जिल्ला युवा समिति गठन भएको छ । नेपालमा अहिले रोजगारीमूलक शिक्षाको अभाव, व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच, बेरोजगारी र अर्धबेरोजगारी, युवा पलायन, कमजोर स्वास्थ्य, युवामैत्री लगानी र उद्यमशीलता वातावरणको अभाव, जातीय असमानता तथा विश्वव्यापीकरण र उदारीकरणले ल्याएको नकारात्मक प्रभाव नेपाली युवाका समस्या हुन् । ती समस्यालाई समाधान गर्दै युवाको सीप र क्षमताका आधारमा नेतृत्व विकास र उद्यमशीलतातर्फ परिषद्ले जोड्दै गरेको छ ।

शासन प्रणाली र विकासमा सहभागिता, कृषि, पर्यटन, जलस्रोतलगायतका प्राकृतिक साधन स्रोतमा बढ्दो पहुँच, व्यावसायिक शिक्षामा पहुँच, लक्षित समूह एवं भौगोलिक क्षेत्र केन्द्रित विभिन्न कार्यक्रमको विस्तार, सचेतना विस्तारमा विकास साझेदारको बढ्दो सञ्जाल, ठूलो सङ्ख्यामा रहेको वैदेशिक रोजगारको अवसर र त्यसबाट प्राप्त सीप, अनुभव र साधन स्रोतको उत्पादनशील क्षेत्रमा प्रयोग गर्दै आन्तरिक रोजगारीको सिर्जनाको प्रशस्त्रै अवसर रहेको छ । “परिषद् गठन भएदेखि युवाको नेतृत्वको विकासदेखि युवाका मुद्दालाई सिंहदरबारसम्म पु¥याउने काम भएको छ”, परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलले भन्नुभयो, “अझ पनि एकद्वार प्रणाली नहँुदा युवाको मुद्दाको सम्बोधनमा कठिनाइ भएको छ ।”

युवाका क्षेत्रमा उल्लेखनीय काम गरिएको भन्दै परिषद्लाई संयुक्त राष्ट्रसङ्घले सन् २०१९ मा ‘फ्युचर पोलिसी अवार्ड’ प्रदान गरेको थियो । यस्तै नेपाली युवामा परिषद्ले खेलेको भूमिकाको सराहना गर्दै परिषद्का उपाध्यक्ष ढुङ्गेललाई सन् २०१८ मा इन्टरनेशनल युथ कमिटीद्वारा ‘वल्र्ड युथ प्राइज’ पुरस्कारबाट सम्मानित गरिएको थियो ।

युवा सूचकाङ्कमा सुधार

कमनवेल्थ नेशन्सको संस्थाले तयार गरेको प्रतिवेदनअनुसार सन् २०१० मा नेपाल विश्व युवा विकास सूचकाङ्कमा १४५औँ स्थानमा भएकामा अहिले ६८ देशलाई उछिनेर ७७औँ स्थानमा आउन सफल भएको छ । नेपाल सार्क मुलुकमा चौथो स्थानमा रहेको छ ।

अन्तर्राष्ट्रिय युवा दिवस

परिषद्कै अगुवाइमा विसं २०७३ देखि अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहेको छ । यसपटक पनि भर्चुअलरूपमा ‘खाद्य प्रणालीमा रूपान्तरण ः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ दिवस मनाइन थालिएको हो । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । विसं २०७२ मा स्थापना भएसँगै परिषद्ले उद्यमशीलता र नेतृत्व विकासमा प्राथमिकता दिई आफ्ना कार्यक्रम सञ्चालन गरेको छ ।

युवा उद्यम कार्यक्रम

स्थापना भएको वर्षदेखि परिषद्ले युवा उद्यम कार्यक्रम सञ्चालन गरेको छ । तीन सय ९७ युवा उद्यम समूहलाई रु पाँच लाखका दरले सहुलितय ऋणमा कर्जा उपलब्ध गराएर उद्यमशील बनाएको छ । अहिले उक्त समूहमा करिब दुई हजार युवा स्वरोगारमुखी भएका छन् । एक समूहमा पाँच जना रहेका छन् । परिषद्का उपाध्यक्ष ढुङ्गेलले घुम्ती कोषमा आधारित भएर स्वरोजगारमुखी हुन चाहनेका लागि उद्यम कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

सहुलितयपूर्ण कर्जा

युवा परिषद्कै पहलमा स्वरोजगार बन्न चाहने युवाका लागि अहिले सहुलियपूर्ण कर्जा प्रवाह भइरहेको छ । युवामा भएको ज्ञान, सीप, लक्ष्य र क्षमताअनुसार आफँै स्वरोजागर हुने युवालाई रु दुई लाखदेखि रु पाँच करोडसम्म कृषि र व्यवसायमा विभिन्न वाणिज्य बैंकले कर्जा उपलब्ध गराउँदै आएका छन् ।

अहिलेसम्म एक लाख २० हजार युवा उक्त ११ प्रकारका सहुलितयपूर्ण कर्जा लिई स्वरोगार भएका छन् । बढीमा पाँच प्रतिशत ब्याज अनुदानमा ती युवाले कर्जा पाइरहेका छन् । एउटा वाणिज्य बैंकको शाखाले कम्तीमा १० वटा परियोजना र विकास बैंकले पाँचवटा परियोजनालाई अनिवार्यरूपमा कर्जा प्रवाह गर्नुपर्दछ । कार्यकारी उपाध्यक्षले यस वर्ष करिब ८० हजार परियोजनालाई सहुलितयपूर्ण कर्जा उपलब्ध गराउने बताउनुभयो ।

नमूना युवा संसद्

परिषद्कै पहलमा युवालाई देशको संविधान, नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाई भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि हरेक वर्ष नमूना युवा संसद् कार्यक्रम हुँदै आएको छ । युवालाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको कार्य र अन्तरसम्बन्धको ज्ञान दिई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउन सङ्घ र प्रदेशमा संसद् कार्यक्रम भइरहेको छ । यसबाट युवालाई नेतृत्व विकास गर्न सहयोग पुगेको छ । सात सय ५३ स्थानीय तहका छ हजार ७६३ वडामा वडास्तरीय युवा क्लब गठन गरिएको छ ।

युवामैत्री स्थानीय तह

युवामैत्री स्थानीय तह छनोट तथा प्रोत्साहन कार्यक्रममा हरेक वर्ष स्थानीय तहलाई छनोट गर्ने गरिन्छ । युवाका क्षेत्रमा राम्रो काम गरेको आधारमा युवा सुचकाङ्कलाई हेरी परिषद्ले युवामैत्री स्थानीय तह भनी घोषणा गरी रु पाँच लाख पुरस्कारसमेत प्रदान गर्दै आइरहेको छ । विगतमा सातवटै प्रदेशबाट एक÷एक स्थानीय तहलाई गरिए पनि यसपटकदेखि दुई वटामात्र स्थानीय तहलाई युवामैत्री स्थानीय तह घोषणा गरिने परिषद्का उपाध्यक्ष ढुङ्गेलले जानकारी दिनुभयो ।

‘नवप्रवर्तन केन्द्र’ स्थापना

परिषद्ले युवामा भएको ज्ञान प्रस्फुटन गराई उद्यमशील बनाउनका लागि ‘नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने तयारी गरेको छ । नवप्रवर्तन केन्द्रमा युवाले आफूमा भएको ज्ञान, सीप, क्षमताअनुसार काममा दक्ष बनाई एउटा सफल उद्यमशील उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

परिषद्ले केन्द्रीयस्तरमा ‘राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र’ र प्रदेशस्तरमा ‘युवा नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने तयारी थालेको हो । अहिले केन्द्रीयस्तरमा परिषद्ले काभ्रेको नमोबुद्ध नगरपालिका–६ स्थित आरुबारीचौरमा सञ्चालन गर्ने अन्तिम तयारी रहेको छ भने प्रदेश नं १ को मोरङको उर्लाबारीमा मदन भण्डारी स्मृति प्रतिष्ठानको भवनमा युथ इन्क्युवेशन केन्द्र स्थापना गर्ने तयारी गरेको छ ।

उपाध्यक्ष ढुङ्गेलले सबै प्रदेशमा केन्द्र स्थापनाका लागि प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय भइरहेको जानकारी दिनुभयो । उहाँले चीन र अन्य देशमा भएको जस्तै युवालाई ‘क्रिएटिभ’ बनाउने केन्द्रजस्तै नेपालमा पनि त्यस्तै खालको केन्द्र स्थापना गर्न थालिएको बताउनुभयो । सातवटै प्रदेशमा पनि नवप्रवर्तन केन्द्र स्थापनाको कार्य अगाडि बढाइएको छ ।

यसैगरी परिषद्ले युवा नेपाली वैज्ञानिकको राष्ट्रिय सम्मेलन गर्दै आइरहेको छ । युवा वैज्ञानिक पलायन भइरहेको बेला नेपालमा नै अवसरको पर्याप्त छ भन्ने सन्देश दिनका लागि वैज्ञानिक सम्मेलन गर्दै आइरहेको हो । यसैगरी परिषद्ले विपद् व्यवस्थापन, भूकम्प र कोरोना महामारीमा यस वर्ष एक हजार ६०० युवालाई परिचालन गरिरहेको छ ।

युवा विकासको क्षेत्रमा कार्यरत सङ्घसंस्थासँगको सहकार्यमा युवालक्षित कार्यक्रम समन्वयात्मकरूपमा सञ्चालन गर्ने उद्देश्यले हालसम्म परिषद्मा ५०० वटा सामाजिक सङ्घसंस्था आबद्ध भएका छन् । यी संस्थासँगको सहकार्यमा निरन्तर युवालक्षित कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । नेपाल युवा संस्था सञ्जाल (आयोन)का अध्यक्ष जगदीश ऐरले नेपालमा युवाको क्षेत्रमा सरकारी तवरबाट कुनै संस्था नभइरहेको बेला परिषद्ले युवाको क्षमता विकासमा काम गरिरहेको बताउनुभयो ।

“परिषद् गठन भएसँगै युवाका मुद्दामा नीति निर्माणदेखि युवा सञ्जाल विस्तार भएको छ”, उहाँले भन्नुभयो, “परिषद्ले युवाको क्षमता र नेतृत्व विकास गर्नुका साथै उद्यमशीलतामा पनि आकर्षण गराइरहेको छ ।” उहाँले परिषद्ले सञ्चालन गरेको कार्यक्रममध्ये नमूना युवा संसद्, युवा क्लब सञ्जालजस्ता कार्यक्रमले धेरै युवाको नेतृत्व विकासमा सहयोग पु¥याएको बताउनुभयो । उहाँले युवाको मुद्दालाई राज्यसँग जोड्नका लागि परिषद्ले पुलको काम गरेको बताउनुभयो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।