धनकुटाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थालाई पीपीई वितरण
श्रावण २४,धनकुटा । धनकुटाका ग्रामीण क्षेत्रहरुमा कोराना संक्रमित बढ्दै गएपछि नेपाल नेत्र ज्योती संघ धनकुटाले धनकुटाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुका लागि पीपाई सेट प्रदान गरेको छ ।

संघ धनकुटाका सल्लाहकार संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ,शाखाका अध्यक्ष रोशेष श्रेष्ठ,कार्यकारी सदस्य तथा शिविर व्यवस्थापन समितिका संयोजक विजय सन्तोषी राई,आजिन सदस्य दिनेश राई लगायतले डाडाबजार प्राथिमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष पलक वहादुर वस्नेत,मौनाबुधुक स्वास्थ्य चौकीका व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष दुर्गा सुवेदी,चौविसे गाउपालिका वडा नं. ४ का वडाध्यक्ष जिवन तामांगलाई सेट प्रदान गरेका हुन् ।
नेपाल नेत्र ज्योती संघ धनकुटाले धनकुटा जिल्ला अस्पताल लगायत धनकुटा जिल्लाका ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई पिपिई सेट यस अघि पनि प्रदान गरेको कार्यकारी सदस्य विजय सन्तोषी राईले वताउनु भयो ।


