सुमो दु,र्घटनामा चालकको मृ,त्यु , पाँच घा,इते
मकवानपुर,काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको ना१ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा आज दु,र्घटना हुँदा एक जनाको मृ,त्यु भएको छ भने चारजना घाइते भएका छन् । मृ,त्युहुनेमा सुमो चालक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते हुनेमा भारत विहारका १४ वर्षीय रोनक कुमार, १७ वर्षीय शङ्कर कुमार, २० वर्षीय विशाल कुमार र १८ वर्षीय शिवशक्ति कुमार छन् ।
घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको र ती मध्ये शिवशक्तिको अवस्था ग,म्भीर रहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस..
गण्डकी,जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयद्वारा संयुक्तरूपमा आयोजित सप्ताहव्यापी ‘स्वास्थ्य मापदण्ड र ट्राफिक सचेतना अभियान’का क्रममा मास्क नलगाई हिँड्ने एक हजार ३३७ जनालाई कारवाही गरिएको छ ।
यही साउन १७ गतेदेखि शनिबारसम्म आयोजित अभियानमा सात हजार ७१४ सवारीसाधन धनीलाई बाटैमा रोकेर स्वास्थ्य मापदण्ड र ट्राफिक नियमबारे जानकारी गराइएको ट्राफिक प्रहरी प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो अवधिमा स्वास्थ्य मापदण्ड एवं ट्राफिक नियमसँग सम्बन्धित नौ हजार पर्चा र दुई हजार २०० मास्क वितरण गरिनाका साथै विभिन्न स्थानमा सचेतनामूलक फ्लेक्स प्रिन्ट पनि टाँसिएको थियो । मास्क नलगाई हिँड्नेहरूबाट जरिवानास्वरूप रू एक लाख ३७ हजारसङ्कलन गरिएको उहाँले बताउनुभयो ।


