‘देश बनाउन युवा क्रियाशील बन्नुपर्छ’

तनहुँ, रोटरी क्लब अफ दमौलीका संस्थापका अध्यक्ष एवं संविधानसभा सदस्य रामचन्द्र पोखरेलले युवा क्रियाशीलता नरहे देश बन्न नसक्ने बताउनुभएको छ । रोट¥याक्ट क्लब अफ भानुद्वारा आज यहाँ आयोजित भानु नगरपालिकाका युवाका लागि नेतृत्व विकास प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उहाँले युवा जोश र जाँगरसँगै नेतृत्व सीप विकास गर्ने अभियानमा क्लबले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रमका प्रशिक्षक रोटरी डिष्ट्रिक्टका वरिष्ठ प्रशिक्षक एवं रोटरी क्लब अफ दमौलीका पूर्व अध्यक्ष हरिसिं गुरुङले नेतृत्वको सीप युवाका लागि अति आवश्यक रहेकाले यसको माध्यमबाट नै युवाले सफलता पाउनसक्ने बताउनुभयो । प्रशिक्षक सिर्जनशील युवा मञ्च तनहुँका अध्यक्ष एवं दमौली न्यूजका सम्पादक पवन पौडेलले युवाको नेतृत्व सीपसँगै बोल्ने कलाले पनि नेतृत्व विकास र सफलतामा गहिरो प्रभाव राख्ने बताउनुभयो ।

रोट¥याक्ट क्लब अफ दमौलीका पूर्व अध्यक्ष मनोज राउतले क्लबका गतिविधिले समाजमा धेरै सकारात्मक प्रभाव पारेकाले सदैब सक्रिय रहनुपर्नेमा जोड दिनुभयो । अर्का प्रशिक्षक एवं मञ्चका उपाध्यक्ष सुमन श्रेष्ठले हिम्मत नहार्ने र प्रयास गर्न नछोड्ने बानीले मात्र युवालाई सफलताको बिन्दुमा लैजान सहज हुने बताउनुभयो ।

क्लबका अध्यक्ष सन्तोष ढकालले भानु नगरपालिकामा पहिलो पटक स्थापना गरेको क्लबले यस क्षेत्रमै पहिलो पटक युवा नेतृत्व विकासका लागि प्रशिक्षण गरेको भन्दै आगामी दिनमा नेतृत्व विकाससँगै सामाजिक अभियानमा अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

भानु–२ वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा भानुका नगर क्षेत्रका सबै भागबाट आएका सहभागीलाई स्वास्थ्य मापदण्डपालना गरेर प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।