सागुरीगढी महाभारत भञ्याङ्गमा कांग्रेस पार्टी कार्यालयको उद्घाटन
धनकुटा ।धनकुटाको सागुरीगढी गाउँपालिका महाभारत भञ्याङ्गमा नेपाली कांग्रेसको वडा कार्यालयको उद्घाटन गरिएको छ ।

वडा कार्यलय उद्घाटन गर्दै पार्टीको आमन्त्रित केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठले अव कांग्रेस नयाँ ढंगबाट पार्टी संगठनमा लाग्ने वताउनु भयो ।
कार्यक्रममा वोल्ने अन्य वक्ताहरुले जनतालाई कांग्रेसले परिर्वतनको अनुभूती दिलाउनु सक्रिय हुनु पर्नेमा जोड दिएका थिए । उनिहरुले अव अधिवेशनबाट सक्षम र सशक्त नेतृत्व चयन गर्न समेत भनेका थिए ।
पार्टीका सागुरीगढी गाउपालिका वडा नं ७ का सभापती विष्णु राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव देवेन्द्र राईले गर्नु भएको थियो ।
कार्यक्रमलाई पार्टीका जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,यूवा नेता कमोट फागो,जिल्ला सदस्यहरु नेपाल धन राई,ज्ञानु गुरुङ,जयन्द्र घिसिङ्ग,क्षेत्रिय सभापती जितेन्द्र राई, सागुरीगढी गाउपालिकाका पार्टी सचिव प्रकाश राई, यूवा नेताहरु गजेन्द्र राई,सन्तोष राई,पुरुण राई,मणी राई लगायतले सम्वोधन गरेका थिए ।
त्यस्तै निर्वाचित वडा सदस्य कुमारी विक,यूवा नेताहरु रिवाज राई,अम्विका राई अविलास राई,मोहन सिंह राई,टिकाराम राई,तिर्थहाङ्ग लिम्बु राई,डि वि मोक्तान लगायतले समेत अव कांग्रेस जनताको सेवक भएर काम गर्नु पर्नेमा जोड दिए।
सोही अवसरमा नेपाल तरुण दल वडा कार्यालयको समेत भञ्याङ्ग महाभारत धनकुटामा स्थापना गरिएको छ । यस अघि सागुरीगढी गाउपालिका वडा नं ८ मा पनि पार्टी कार्यालय स्थापना गरी उद्घाटन गरिएको वडा सभापती प्रकाश राईले वताउनु भयो ।


