धनकुटामा आज थप २९ जनामा कोरोना संक्रमण पुष्टि
श्रावण २५,धनकुटा । धनकुटामा आज थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउसो २ वजे सार्वजनिक गरेको तथ्यांक अनुसार उल्लेखित संख्याका संक्रमित थपिएका हुन् । यो सँगै जिल्लामा कोरोना पुष्टि हुनेको संखया २ हजार ५ सय ५६ पुगेको छ ।
आज १६ जना संक्रमण मुक्त भएका छन् । यो सँगै अहिले सम्म संक्रमण मूक्त हुनेको संख्या २ हजार ३ सय २० पुगेको छ । आज फेरी जिल्लामा सक्रिय संक्रमितको संख्या २०७ पुगेको छ । हिजो १ सय ९४ रहेको सक्रिय संक्रमित संख्या आज १३ जना थपिएर २०७ पुगेका हुन् । ती मध्ये १८४ जना होम आईशोलेसनमा ,१० जना संस्थागत आईशोलेसनमा र १३ जना अस्पतालमा उपचाररत छन् ।
साथै यसै जिल्लामा संक्रमित भई यसै जिल्लामा मृ त्यु हुनेको संख्या १२रहेको छ भने यस जिल्लामा संक्रमित भई उपचारको क्रममा बाह्य जिल्लामा मृ त्यु हुनेको संख्या १७ रहेको जनाइएको छ ।
यस जिल्लामा स्थाई ठेगाना भएका र अन्य जिल्लामा संक्रमित भई मृ त्यु हुनेको संख्या १० रहेको समेत प्रशासनले जनाएको छ ।



