सानीमा लाइफ इन्स्योरेन्सको आइपिओमा २४ लाखभन्दf बढीको आवेदन

काठमाडौँ, २५ साउन,सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन ९आइपिओ० मा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् ।

साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका हुन् ।

रु तीन अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको तीन करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । उक्त कम्पनीकानुसार मागको तुलनामा ६ दशमलव ८४ गुणा बढीको आवेदन परेको थियो ।

कम्पनीले निष्कासन गरेको शेयरमध्ये तीन लाख कित्ता कर्मचारीलाई र अर्को तीन लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षण गरी बाँकीे ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

मागभन्दा बढीको आवेदन परेकाले कम्पनीको आइपिओ गोलाप्रथाबाट बाँडफाँड गरिने जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।