धनकुटा उद्योग बाणिज्य संघद्धारा घरभाडा छुट र कोरोना खोपका लागि पहल
श्रावण २५,धनकुटा । धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायीहरुलाई घर भाडा छुट गरी दिन सम्पूर्ण घर धनी र कोरोना विरुद्धको खोप दिनका लागि सरकार समक्ष अनुरोध गर्ने आज धनकुटा उद्योग बाणिज्य संघको बैठकले निर्णय गर्दै पहल शुरु गरेको छ ।
संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतामा वसेको बैठकले निषेधाज्ञाका कारण व्यापार ,व्यावसाय बन्द भई व्यापारीहरु मारमा परेकाले घर भाडा छुट गरी दिन घरधनीहरुलाई र अग्रपंक्तिमा रहेर सेवा प्रवाह गरीरहेका सम्पूर्ण व्यावसायीहरुलाई कोरोना विरुद्धको खोप दिनका लागि सरकार समक्ष माग गर्ने निर्णय गर्दै पहल शुरु गरेको हो ।
बैठकमा संघका अध्यक्ष राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,उपाध्यक्षहरु खगेन्द्र विष्ट,कृष्णराज श्रेष्ठ,महासचिव राम वहादुर गोङ्वा,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रेवती प्रसाद दाहाल,डिजेस शाक्य,रिदम श्रेष्ठ ,कार्यालय सचिव सचिन प्रधान लगायतले व्यापारी,व्यावसायीहरुलाई राज्यले खोपको व्यवस्था गर्नु पर्नेमा जोड दिएका थिए ।
धनकुटा उद्योग बाणिज्य संघको बैठकले व्यापारी तथा व्यावसायीहरुका घर भाडा मिनाहा र खोप लगाउने व्यवस्था गर्ने , कर शिक्षा कार्यक्रम सञ्चालन गर्ने ,कोरोना विरुद्ध अभियान सञ्चालन गर्ने महत्वपूर्ण निर्णय समेत गरेको छ ।


