धनकुटामा आज थप ३९ जनामा संक्रमण पुष्टि
श्रावण २७,धनकुटा । धनकुटामा आज सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ६ सय ७ पुगेको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको दिउँसो ३ वजे सम्मको तथ्यांक अनुसार आज जिल्लामा ३९ जना संक्रमित थपिए सँगै संक्रमण पुष्टि हुनेको जम्मा संख्या त्यति पुगेको हो ।
त्यस्तै आज ३६ जना संक्रमण मुक्त भएका छन् । यो सँगै कोरोनालाई जित्नेको संख्या २ हजार ३ सय ६३ जना पुगेको छ । हाल जिल्लामा २ सय १५ जना सक्रिय संक्रमित छन् ।
ती मध्ये २०० जना होम आईशोलसनमा, ६ जना संख्थागत आईशोलेसनमा र ९ जना अस्पतालमा उपचाररत छन् ।


