भारती मा.बि.लाई नयाँ भवन हस्तान्तरण

नारायण कुमार राई/धनकुटा २७,साउन । राष्ट्रिय पुनर्निमाण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत नवनिर्मित ४ कोठे भवन धनकुटाको भारती मा.बि.हात्तिखर्क धनकुटालाई हस्तान्तरण गरिएको छ ।

छथर जोरपाटी गाउँपालिका वडा नं. १ पन्चमी स्थित निर्मित उक्त भवन संघिय सांसद माननिय राजेन्द्र कुमार राईबाट उत्घाटन गरेर हस्तान्तरण गरिएको हो ।

६९ लाख ३० हजारमा निर्मित उक्त भवन जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) धनकुटाका प्रमुख नारायण निरौलाले बिद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।

आर्थिक बर्ष ०७७÷०७८ मा निर्मित उक्त भवन निरौलाले पालिका अध्यक्ष शेरबहादुर लिम्बू मार्फत बिद्यालयका प्रधानाध्यापक रुद्रबहादुर बिकलाई हस्तान्तरण गर्नुभएको थियो ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गंगामायाँ लिम्बूको अध्यक्षतामा अध्यक्षमा सम्पन्न उक्त हस्तान्तरण कार्यक्रममा प्रदेश सभासद्द्वय ‘क’का निरन राई,‘ख’का ईन्द्रमणी पराजुलीले बिद्यालयलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

त्यस्तै बिद्यालयलाई नेकपा एमाले छथर जोरपाटी गाउँपाटी अध्यक्ष ईन्द्र सारु मगर,राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय सदस्य बलदिप राई,राष्ट्रिय अभिभावक संघका केन्द्रिय सदस्य सुन्दरबाबु श्रेष्ठ, जिल्ला बिकास तथा समन्यन ईकाइ प्रमुख मोहन राई,बिद्यालय ब्यबस्थापन समिति सदस्य डिकबहादुर कटुवालले शुभकामना मन्तब्य दिनुभएको थियो ।

कार्यक्रममा छथर जोरपाटी गाउँपालिकाका उपाध्यक्ष भीमकला श्रेष्ठ लगाएत स्थानियबासी,अभिभावक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

नवनिर्मित भवन बनेपछि बिद्यालयमा अध्ययनरत ४ सय भन्दा बढी सहायक प्रधानाध्यापक.प्रेम कार्कीले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।