लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी र कर्मचारीलाई जो,खिम भत्ता दिने

रुपन्देही, २७ साउन,लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा रहेर काम गरेका कर्मचारीलाई जो,खिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

आज राजीनामा दिनुअघि मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको मन्त्रिपरिषद् बैठकले आइसोलेसन अस्पतालको अस्थायी दरबन्दी स्वीकृत गरी कार्यरत जनशक्तिको म्यादसमेत थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिनुभयो ।

यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा राजेन्द्र खनाललाई स्थानान्तरण गरी रेडियोलोजिष्ट प्रमुखको जिम्मवारी दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री पोखरेल नेतृत्वको अन्तिम मन्त्रिपरिषद् बैठकले प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन (दोस्रो संशोधन) निर्देशिका २०७८ लाई स्वीकृत गरेको छ । बैठकले प्रदेश खेलकुद परिषद्मा सदस्य मनोनयन गरेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७८÷७९ मा उद्योगको दर्ता दस्तुरमा पूर्ण छुट प्रदान गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता चौधरीले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖