महानगरद्वारा पाँच विद्यालयलाई बस हस्तान्तरण

चितवन, भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा रहेका पाँचवटा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण गरेको छ । महानगरपालिकाले नारायणी नमूना मावि भरतपुर १०, प्रभात मावि भरतपुर २५, भीमनगर मावि भरतपुर २०, लक्ष्मी मावि भरतपुर २३ र कविलास मावि भरतपुर २९ लाई बस हस्तान्तरण गरेको हो ।

महानगर प्रमुख रेनु दाहालले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरुलार्ई बसको साँचो हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा महानगर प्रमुख दाहालले शैक्षिक क्षेत्रको विकासका लागि महानगर लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयको शैक्षिक विकाससँगै भौतिक विकासका लागि महानगरपालिकाले काम गरिरहेको छ ।” शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने जिल्लाको पहिलो स्थानीय तह भएको उहाँको भनाइ थियो । महानगरलाई स्वास्थ्य क्षेत्रको हबका रुपमा विकास भए जस्तै शैक्षिक क्षेत्रको केन्द्र बनाउने उहाँले बताउनुभयो ।

कार्यक्रममा नारायणी नमूना माविका प्रधानाध्यापक पूर्ण दवाडीले निजी विद्यालयमा जस्तै सामुदायिक विद्यालयमा पनि विद्यार्थीहरुको आकर्षण बढ्दै गएको बताउनुभयो । सामुदायिक विद्यालयमा पनि विद्यार्थीको चाप बढ्दै जाँदा स्कुल बस आवश्यक देखिएकाले महानगरले गरेको सहयोग सराहनीय रहेको उहाँको भनाइ थियो ।

महानगरको शैक्षिक महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार बस खरिदका लागि महानगरले छनोट गरेका विद्यालयहरुले सम्झौता गरी खरिद गरेका हुन् । खरिदका लागि महानगरपालिकाले एउटा बसका लागि रु १९ लाख ९८ हजार बजेट निकासा गरेको थियो । महानगरले बस हस्तान्तरण गरेसँगै सञ्चालन खर्च विद्यालयले बेहोर्नुपर्ने उहाँले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।