पोखरी केन्द्रविन्दु भएर भू,कम्प
काठमाडौँ, २८ साउन ,उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भू,कम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५४ बजे ४.३ रेक्टर स्केलको भू,कम्प गएको हो ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भू,कम्पको पराकम्प हो अथवा नयाँ भू,कम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
यो पनि पढ्नुहोस..
मकवानपुर, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले युवा हितका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वाग्मती प्रदेश युवा परिषद्को हेटौँडा–४ हुप्रचौरस्थित कार्यालय उद्घाटन कार्यक्रममा उहाँले परिषद्ले युवा हितका लागि उल्लेख्य काम गर्न सक्नुपर्ने भन्दै युवाको चौतर्फी विकास गर्ने कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।
मुख्यमन्त्री पौडेलले युवालाई स्वदेशमै रोजगार अवसर सिर्जना गर्न र उद्यमशील बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने उल्लेख गर्नुभयो । कार्यक्रममा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले युवा मुलुकको गहना भएको उल्लेख गर्दै युवाका लागि खेलकुद, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा परिषद्ले काम गर्नुपर्ने बताउनुभयो । उहाँले अब युवालाई रोजगारमूलक सीप सिकाउनुपर्ने बताउनुभयो ।


