कडा प्रावधानसहित यहाँ आगामी भदौ ५ गते मध्यरातसम्मलाई निषधाज्ञा थप

बागलुङ, कडा प्रावधानसहित यहाँ आगामी भदौ ५ गते मध्यरातसम्मलाई निषधाज्ञा थप गरिएको छ । अत्यावश्यबाहेकका सबै सेवा बन्द हुने गरी आज बिहान ५ बजेदेखि निषेधाज्ञामा कडाइ गरिएको हो ।

यसअघि गत मङ्गलबार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणदर बढेको निष्कर्षसहित निषेधाज्ञा कडा बनाउने निर्णय गरेको थियो । केन्द्रका संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमद्वारा जारी निषेधाज्ञाको आदेशअनुसार सबै खाले सार्वजनिक÷निजी यातायात बन्द भएका छन् ।

बजार, व्यवसाय, बैंक तथा वित्तीय संस्था, सरकारी÷गैरसरकारी कार्यालय पनि सञ्चालनमा रोक लगाइएको छ । खाद्यान्न र पशुपक्षीका पसल हरेक आइतबार, बुधबार र शुक्रबार मात्र सञ्चालन हुनेछन् ।

यस्तै तरकारी, फलफूल, दूध, मासु, पानीलगायत अत्यावश्यक सेवाका पसल स्वास्थ्य मापदण्डको पालना गरेर दैनिक बिहान १० बजेसम्म मात्र खोल्न पाउने निर्णय गरिएको छ । विवाहलगायत संस्कारजन्य कार्यमा पनि एक पक्षबाट जम्मा सात जना मात्र सहभागी भएर घरमै गर्नुपर्ने नियम तोकिएको छ ।

काम नपरी घरबाहिर ननिस्कन र भीडभाडजन्य कुनै पनि क्रियाकलाप नगर्न स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ । त्रिभुवन विश्वविद्यालय, लोकसेवा र व्यावसायिक तालिम परिषद्बाट सञ्चालन हुने पूर्वनिर्धारित परीक्षा भने सञ्चालन हुने जनाइएको छ ।

कोभिड–१९ विरुद्धको खोप अभियानले भने निषेधाज्ञामा पनि निरन्तरता पाउने केन्द्रले जनाएको छ । एम्बुलेन्स, दमकल, शववहानलगायत अत्यावश्यक सेवामा प्रयोग भएका सवारी साधन सञ्चालनमा भने कुनै अवरोध छैन ।

यस्तै सदरमुकामदेखि जिल्लाका विभिन्न भेगमा हुने खाद्यान्नको ढुवानीका लागि आइतबार, बुधबार र शुक्रबार सवारी साधन चलाउने दिइने भएको छ । बागलुङ भएर अन्य निषेधाज्ञा नभएका जिल्लामा जाने सवारी साधनले भने जिल्लाभित्र यात्रु चढाउन र ओराल्नसमेत नपाउने भएका छन् ।

दोस्रो चरणको महामारी भित्रिएपछि गत वैशाख तेस्रो सातादेखि यहाँ निषेधाज्ञा जारी छ । बीचमा सङ्क्रमणदर केही घटेपछि खुकुलो पारिएको निषेधाज्ञा पुनः सङ्क्रमण बढेसँगै कडा पारिएको हो।

स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ६४८ छ । कोरोनाका सङ्क्रमणका कारण ६३ जनाले ज्यान गुमाएको कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।