मेलम्ची प्रभावित भएकाले खानेपानी व्यवस्थापनको माग

काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकमा मेलम्ची खानेपानी आयोजनालाई बा,ढी प,हिराले प्रभावित बनाएकाले काठमाडौँ उपत्यकाको खानेपानीका लागि उचित व्यवस्थापन गर्नुपर्नेलगायत जनजीवनका विषयमा सरकारसँग माग गरिएको छ ।

बैठकको शून्य समयमा नेकपा (एमाले)का सांसद जीवनराम श्रेष्ठले काठमाडौँ उपत्यकाको खानेपानीको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । गत असार १ गतेको बाढी पहिराका कारण मेलम्ची खानेपानी आयोजनस्थलमा क्ष,ति पुगेको छ ।

नेपाली कांग्रेसका उमा रेग्मीले असारे विकासले बजेट दुरुपयोग भएकाले यसमा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो । नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदीले कोरोना कहरबाट प्रभावित बालबालिकालाई उपचार गर्न माग गर्नुभयो भने सांसद अतहर कमाल मुसलमानले सुकुम्बासी समस्या आयोग विघटन गरिएकामा आपत्ति प्रकट गर्नुभयो ।

सांसद आशाकुमारी विकले जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न आग्रह गर्नुभयो । सांसद इन्दुकुमारी शर्माले जनकपुर–जलेश्वर सडक दशकौँदेखि जीर्ण भएकाले मर्मत गर्न आग्रह गर्नुभयो।

सांसद कल्याणीकुमारी खड्काले रौतहटमा चिनी उद्योगले मजदुरको बाँकी रकम चाँडो दिन आग्रह गर्नुभयो । सांसद खगराज अधिकारीले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल स्वदेश फिर्ता ल्याउन आग्रह गर्दै अन्यथा सदन चल्न नदिइने बताउनुभयो ।

सांसद् कुमारी मेचे, कृष्णबहादुर राई, कृष्णभक्त पोखरेल, केदार सिग्देल, खेमप्रसाद लोहनी, गजेन्द्रबहादुर महत, गणेशकुमार पहाडी, गणेशसिंह ठगुन्ना, गोपालबहादुर बम, गोमा देवकोटा, गङ्गा चौधरी, घनश्याम खतिवडा, चाँदतारा कुमारी, जिपछिरिङ लामा, जुलीकुमारी महतो, झपटबहादुर रावललगायतले सो समयमा समसामयिक विषयमा भाग लिनुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।