कूल जनसङ्ख्याको १५ दशमलव पाँच प्रतिशतले कोभिडविरुद्ध पहिलो मात्राको खोप लगाइसकेको श्रेष्ठको जानकारी

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म कूल जनसङ्ख्याको १५ दशमलव पाँच प्रतिशतले कोभिडविरुद्ध पहिलो मात्राको खोप लगाइसकेको जानकारी दिनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा जानकारी दिँदै हालसम्म २८ लाख ८८ हजार ३६० नागरिकले उक्त मात्राको खोप लगाइसकेको जानकारी दिनुभएको हो । कोभिडविरुद्ध दीर्घकालीन र अल्पकालीन योजना सदनमा प्रस्तुत गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

राज्यमन्त्री श्रेष्ठले लामो समयदेखि भौतिकरूपमा बन्द पठनपाठनलाई सञ्चालन गर्न २० वर्ष उमेरमाथिका विद्यार्थीलाई खोप लगाउने कार्यक्रम तय गरिएको बताउनुभयो । उहाँले थप तीन करोडभन्दा बढी खोप किन्ने प्रक्रियामा रहेको र असोज मसान्तसम्म एक करोड आपूर्ति हुने बताउनुभयो ।

उहाँले कोभिड सुरु भएदेखि अस्पताल जान धक मान्ने भएकाले कोभिड नभएका अन्य विरामीको सुरक्षित उपचारको व्यवस्था मिलाइएको र भेन्टिलेटर तथा अक्सिजन थप गरिएको बताउनुभयो ।

उहाँले खोप व्यवस्थापन गर्दै ठूला सहरमा खोप दिने तयारी रहेको र विश्वविद्यालयका विद्यार्थीलाई खोप दिन लागिएको छ । गाउँ र नगरस्तरीय खोप व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिने जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।