‘प्रहरी हुँ’भन्दै कु,टपिट गरी रकम असुल्ने दुई जनालाई प्रहरीले प,क्राउ

बनियानी । ‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई जनालाई प्रहरीले प,क्राउ गरेको छ । कनकाई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ का ३२ वर्षीय टीका खत्री प,क्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार बिर्तामोड–५ की नयनसरी राजवंशीको घरमा गएर यही साउन ११ गते उप्रेती र खत्रीले हामी सादा पोशाकका प्रहरी हौँ, तपाईँको छोरा लागुऔषध खाने बेच्ने गर्छ र डिलर पनि हो, अब छोरालाई जोगाउने हो भने २० हजार रुपैयाँ दिनु, नभए मुद्दा हालिदिन्छौँ, भनेर धम्क्याउनाका साथै राजवंशीको साथमा भएको एक हजार १०० रुपैयाँ लिएरपछि फेरि पैसा लिन आउँछौँ भन्दै गएका थिए ।

सोही सिलसिलामा यही साउन १४ गते राति नयनसरीको घर पुगेका उनीहरुले उनका छोरा २५ वर्षीय विशाल राजवंशीलाई बाहिर बोलाएर “हामी एउटा मिसनमा आएका हौँ, किन गाउँका मान्छेलाई हल्ला गरी बोलाएको ?” भन्दै उप्रेतीले कम्मरको बेल्ट खोलेर विशाललगायत अन्य व्यक्तिलाई समेत कुटपिट गरेका थिए ।

पीडित राजवंशीले साउन २२ गते इलाका प्रहरी कार्यालय अनारमनीमा दिएको निवेदनका आधारमा उप्रेती र खत्रीलाई प,क्राउ गरिएको डीएसपी थापाले बताए ।

प,क्राउ परेका दुवैलाई इप्रका अनारमनीमा राखेर कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖