छथर जोरपाटीले ग¥यो आफ्नो बार्षिक कार्यक्रमको समिक्षा , ‘सबैको सहयोगले गाउँपालिका भयो एक नम्बर’–अध्यक्ष

नारायण कुमार राई/धनकुटा,२९ साउन । छथर जोरपाटी गाउँपालिकाले गएको आर्थिक बर्ष ०७७÷०७८ मा आफूले गरेको कामको समिक्षा गरेको छ ।

पालिकाले पालिकाका बिभिन्न बिषयगत १५ वटा शाखा र आफ्ना ६ वटा वडाबाट सम्पन्न भएका कामको समिक्षा गरेको छ ।

पालिकाले बिहिबार बिहान ८ बजे देखि बेलुकी करिव ६ बजे सम्म कार्यक्रम आयोजना गरेर आफूले गरेका कामको समिक्षा गरेको छ ।

कार्यक्रममा कृषि तथा सब्जी खेतीमा भएका योजनाको बिषयमा कृषि शाखाका प्रमुख मिलन कार्की प्रगति बिवरण प्रस्तुत गर्नुभएको थियो ।

स्वास्थ्य शाखाबाट सम्पन्न भएका बिभिन्न स्वास्थ्य कार्यक्रमको प्रगति बिवरण शाखाका प्रमुख सुन्दरमान डंगोल प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै योजना शाखाबाट सम्पन्न बिभिन्न पूर्वाधार बिकासको प्रगतिका बिषयमा शाखा प्रमुख दुर्गा रानाले प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै भु–कम्पबाट क्षति भएका संरचना निर्माण भएको प्रगतिको बिषयमा राष्ट्रिय पुननिर्माण शाखाका प्रमुख लिलम दाहाल प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षा तथा बिद्यालय क्षेत्रमा भएका गतिबिधि तथा कार्यक्रमको प्रगतिको बिषयमा शाखाकी प्रमुख निर्मला सुवेदीले जानारी दिनुभएको थियो ।

त्यस्तै महिला तथा बालबालिका शाखाकी एलिना निरौलाले महिला,बालबालिका क्षेत्रमा पालिकाले आफ्नो शाखाबाट गरेको कामको प्रगति बिवरण प्रस्तुत गर्नुभएको थियो ।

पशुपन्छि बिकास र सहकरीका बिषयमा भएका गतिबिधिका बारेमा पशुपन्छि बिकासका प्रमुख राजकुमार राईले ब्यबसायिक पशुपालनका क्षेत्रमा शाखाले गरेको कामको जानकारी दिनुभएको थियो ।

त्यस्तै न्यायीक समिति,भुमी सम्बन्धि समस्या समाधान आयोग र प्रशासनबाट राष्ट्रिय पुननिर्माणका क्षेत्रमा भएका कामको बिवरण न्यायीक समितिका उजुरी प्रशासक शंकर प्रसाद ओझाले प्रगति बिवरण प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै उद्योग तथा सामाजिक संघ,संस्था शाखाका मेडपाका सामाजिक परिचालक अभिनय श्रेष्ठले बिभिन्न संघ÷संस्था,उद्यागी तथा ब्यबसायीहरुले पालिका संगको सहकार्यमा गरेका तथा सम्पन्न भएका कामको प्रगति बिवरण प्रस्तुत गर्नुभएको थियो ।

पालिकाका राजश्व शाखा प्रमुख तेजबहादुर मादेन लिम्बूले पालिका र पालिकाका ६ वटा वडाले गएको आवमा संकलन गरेको राजश्वको बारेमा जानकारी दिनुभएको थियो ।

त्यस्तै रोजगार सेवा केन्द्रकी संयोजक शुशिला कार्कीले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत पालिकामा एक बर्ष भरीमा भएको कामको प्रगतिको बारेमा जानकारी दिनुभएको थियो ।

त्यस्तै गाउँपालिकाको सबै वडाहरुमा भएका पुराना तथा नयाँ सबै घटनाका पंजिकरणहरु डिजिटल माध्यमबाट भएका गतिबिधि प्रगतिका बिषयमा राष्ट्रिय पंजिकरण बिभाग ईकाइ जोरपाटी शाखाका फिल्ड सहायक रबिन्द्र नेपालीले जानकारी दिनुभएको थियो ।

त्यस्तै पालिकाले गरेका बिभिन्न सामाग्री खरिदका बिषयमा स्टोर प्रमुख ईन्द्र भण्डारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै प्रशासनिक कामकारवाही तथा गतिबिधि र प्रगतिका बिषयमा प्रशासन प्रमुख तथा पालिकाका सूचना अधिकारी नेत्रबहादुर श्रेष्ठले जानकारी दिनुभएको थियो ।

वडाको तर्फबाट वडा नं.१ र ५ को प्रगति प्रतिवेदन वडा नं. १ का सचिव चन्द्रबहादुर सुबेदीले प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै वडा नं.२ का सचिव मन्जु धिताल,३ का रुद्र थापा,४ का फडिन्द्र भण्डारी र वडा नं.६ का होमबहादुर थापाले आ–आफ्ना वडाबाट सम्पन्न कामको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा लेखा शाखाका प्रमुख चुंडा बोहोराले आर्थिक,निति,नियमावली, आर्थिक गतिबिधि तथा समग्र पालिकाको आय÷ब्ययका बारेमा जानकारी दिनुभएको् थियो ।

बोहोराका अनुसार गत आवमा नेपाल सरकारबाट स्वीकृत ४४ करोड ७४ लाख बजेट मध्ये ४२ करोड २० लाख निकासा पाएको थियो ।

जसमा कोरोना माहामारी र बिभिन्न प्राबिधिक कारणले ४ करोड ७५ लाख फ्रिज भई ३७ करोड ४५ लाख अर्थात् ८३ प्रतिशत बजेट कार्यान्वयन भएको थियो ।

सबै शाखा तथा वडाहरुले डिजिटल माध्यमको पावर प्वाईन्टबाट प्रस्तुत गरेको प्रगति बिवरणलाई कार्यक्रमका अतिथी,पालिकाका अध्यक्ष तथा प्रशासकीय अधिकृतले प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी तथा जिल्ला समन्वय समितिका सदस्य शिव आङ्ला लिम्बूले छथर जोरपाटी जिल्लाका सबै तहहरु मध्ये सन्चालन प्रक्रियामा अब्बल रहेको प्रति बधाई तथा शुभकामना दिनुभयो ।

त्यस्तै दलहरुका तर्फबाट बोल्दै नेकपा एमाले छथर जोरपाटीका गाउँपाटी अध्यक्ष ईन्द्र सारु मगरले एक वडा अध्यक्ष बाहेक पालिका र सबै वडामा एमालले बिजयी हासिल गरेपनि बिकासका सवालमा मेरो र अर्को दल नभनि बिकासको काम गर्न आफ्नो दलको निर्देशन नै भएकाले पनि जिल्लाका अन्य तह भन्दा छथर बिकास र पद्दतीमा अघि भएको जिकिर गर्नुभयो ।

पालिकाले सबै दलहरुलाई आमन्त्रण गरेपनि उपस्थित नभएको सन्दर्भलाई जोड्दै मगरले दलबीच मतभेद भएपनि छथरबासीको बिकासका लागि सहयोग पुग्ने महत्वपूण समिक्षा बैठकमा उपस्थित हुनु सबै दलको जिम्मेवारी रहेको स्मरण गराउनुभयो ।

त्यस्तै कार्यक्रममा पालिकाका प्रशासकीय अधिकृत तुलराज थापा मगरले कर्मचारीहरुले गरेको कामको तारिफ गर्दै छथर बिकासका लागि जनप्रतिनीधिहरु देखाएको उत्साह र सहयोगको लागि कृतज्ञता ब्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा पालिका अध्यक्ष शेरबहादुर लिम्बूले छथरको बिकासमा आफू निकट दल साथै बिपक्षि दलहरुले समेत सहयोग गरेकाले पालिका जिल्ला र प्रदेशमा अब्वल ठहरिएको बताउनु भयो ।

उहाँले प्रदेशको अनुगमन समिति र कतिपय केन्द्रीय तहबाट समेत आफ्नो पालिका अब्वल भएको भनेर प्रत्यक्ष र फोन मार्फत् भनेको जाहेर गर्दै यसका लागि सहयोग पु¥याउने सबैलाई धन्यवाद दिनुभयो ।

अध्यक्ष लिम्बूले पालिकाको नीति तथा कार्यक्रम पारित गर्दा होस अथवा बार्षिक बजेट बनाउँदा बिपक्षी र सरोकारवाला सबैलाई सम्मानका साथ आमन्त्रण गरेर उनीहरुको रायलाई पनि समेटेर काम गरिएकाले आफ्नो पालिका जिल्ला र प्रदेशमा अब्वल भएको बताउनुभयो ।

त्यतिमात्र नभएर गाउँसभा,अधिवेशन,तथा बिभिन्न बिद्येयकहरु निर्माण गर्दा नेपालको संबिधान,पद्दतीमा रहेर प्रसस्त मात्रामा समय राखेर छलफल गरेर काम गरिने भएकाले पनि आफ्नो पालिका एक नम्बरमा परेको अध्यक्ष लिम्बूको जिकिर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।