टाईगर हिलमा प्रतीक्षालयको समुद्घाटन
धनकुटा । धनकुटा लेडी जेसीजका अध्यक्ष जेसी बिसिका श्रेष्ठद्वारा धनकुटा-६ स्थित टाईगर हिलमा प्रतीक्षालयको समुद्घाटन गरिएको छ ।

श्रेष्ठले आफ्ना ससुरा नारायण कुमार श्रेष्ठ, बाजे ससुरा डि. शंकर कुमार श्रेष्ठ र अजि सासू जानुका देवि श्रेष्ठको स्मृतिमा उक्त प्रतीक्षालय बनाएका हुन् ।
कार्यक्रममा धनकुटा वडा नं ६ का अध्यक्ष नरेश श्रेष्ठ, धनकुटा लेडी जेसीजका संस्थापक अध्यक्ष जेसी प्रमिसा श्रेष्ठ, प्रथम पुरुष जेसीज श्रेष्ठलगायत जेसीज टीमको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम संचालन कोषाध्यक्ष जेसी मुना पोख्रेलले गरेका थिए ।

उक्त प्रतीक्षालयबाट धनकुटा बजारको मनोरम दृष्यावलोकन गर्न सकिन्छ ।


