कोभिड–१९ सङ्क्रमणबाट धानबाली विशेषज्ञ बस्नेत को निधन
काठमाण्डौँ, वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड–१९ सङ्क्रमणबाट ७१ वर्षका उमेरमा आज ओम अस्पतालमा निधन भएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पु¥याउनुभएका उहाँ सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्सधान केन्द्र (इरी) का अनुसन्धानमा संलग्न हुनुहुन्थ्यो ।
नेपालमा हिउँदै धान खेतीको सुरुआत तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उहाँको अथक योगदान रहेको थियो । उहाँका दुई छोरी र एक श्रीमती हुनुहुन्छ ।
यो पनि पढ्नुहोस..
सिन्धुपाल्चोक,चौतारा साँगाचोकगढी नगरपालिकाले कुनै पनि कारणबाट मृत्युभएका परिवारलाई किरिया खर्च वापत रु पाँच हजार उपलब्ध गराउँदै आएको छ ।
आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रमअनुसार हालसम्म १३ मृतकका परिवारलाई सो रकम उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख अमानसिं तामाङले यसका लागि चालु आर्थिक वर्षका बजेटमा रु २० लाख विनियोजन गरेको जानकारी दिनुभयो ।


