दुर्लब रोग बाट ग्रसित बालक लाई सहयोग को अपिल

दमौली, विश्वकै दुर्लभ रोगबाट ग्रसित नौ महिने बालक मोहम्मद उस्मान अलीको उपचारमा सहयोग जुट्न थालेको छ । ‘स्पाइनल मस्कुलर एट्रोफी (एसएमए)’ बाट ग्रसित बालकको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको हो । निकै महङ्गो उपचार लाग्ने भएकाले पीडित परिवारले आर्थिक सहयोगको याचना गरेका छन्।

यसैक्रममा लायन्स क्लब अफ शुक्लागण्डकी टाउनले बालकको उपचारका लागि रु ५० हजार हस्तान्तरण गरेको छ । दुःख अप्ठ्यारोमा सहयोग गर्नु मानवीय धर्म रहेकाले क्लबबाट उक्त रकम सहयोग गरिएको क्लबका अध्यक्ष विष्णुबहादुर रानाले जानकारी दिनुभयो । यसैगरी शुक्लागण्डकी–५ स्थित नेपाल मुस्लिम इज्तेमा आमा समूहले बालकको उपचारका लागि रु ४५ हजार सहयोग गरेको छ ।

ती बालकमा जन्मिएको तीन महिनामै एसएमए रोगको लक्षण देखिएको परिवारले जनाएको छ । उस्मानका परिवारले उनलाई तीन महिनादेखिनै पोखराका विभिन्न अस्पतालमा उपचार गराएर परीक्षण गर्दा रोग पत्ता नलागेपछि आठ महिनाको उमेरमा कान्ति बाल अस्पताल लगेको थियो । उक्त अस्पतालमा उस्मानको उपचार बाल रोग विशेषज्ञ डा बिना प्रजापतीको निरीक्षणमा भएको थियो ।

झण्डै २५÷३० परीक्षणपछि बिरामीको रगत परीक्षणका लागि भारतस्थित लालपाथ पठाउँदा उस्मानलाई ‘स्पाइनल मस्कुलर एट्रोफी’ रोग लागेको पत्ता लागेको हो । नोवार्टिस जिन थेरापिजले उत्पादन गर्ने उक्त औषधि प्रयोग गर्न सके बिरामीको ज्यान बचाउन सकिने सल्लाह डा मानन्धरले दिनुभएको छ ।

तर उक्त औषधि अन्य औषधि जस्तो सस्तो भने छैन । जोल्जेन्स्मा संसारकै महङ्गो औषधि हो । जोल्जेन्स्मा नामक औषधिलाई नेपाली रु २५ करोड भन्दा बढी पर्ने जनाइएको छ । यो रोग नेपालमा कमै मात्र पुष्टि हुने गरेको छ । उस्मानभन्दा पहिला यस प्रकारको रोग नेपालमा भैरहवाकी २२ महिने सियोना श्रेष्ठमा देखिएको थियो । हाल उनको दुबईमा उपचार भइरहेको छ ।

मुस्लिम युवाको अभियान

उस्मानलाई बचाउनका लागि दमौलीका मुस्लिम युवाहरुले पनि सहयोग सङ्कलन अभियान सुरु गरेका छन् । यो रोगको उपचारका लागि ठूलो धनराशि आवश्यक पर्ने र परिवारको आर्थिक क्षमताले नभ्याउने भएपछि सहयोग सङ्कलन अभियान सुरु गरिएको मोहम्मद गफ्फार (सुदीप) ले जानकारी दिनुभयो । यसैक्रममा व्यास नगरपालिका–४ स्थित नुरी हन्फी जामे मस्जिदबाट रु २५ हजार १५० सङ्कलन भएको छ । “दमौलीका विभिन्न व्यक्ति तथा सङ्घसंस्थामार्फत् पनि सहयोग जुट्न सुरु भएको छ,” उहाँले भन्नुभयो, “सबैको सहयोग भए बालकलाई बचाउन सकिन्छ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।