मुख्यमन्त्री डोरमणि पौडेलले दैनिक १२० सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्टको उद्घाटन

वाग्मती, ३१ साउन;उद्योग सङ्घ मकवानपुरले हेटौँडा अस्पतालमा निर्माण गरेको अक्सिजन जेनेरेटर प्लान्ट आज अस्पताललाई हस्तान्तरण गरिएको छ । दैनिक १२० सिलिन्डर ग्यास उत्पादन गर्नसक्ने क्षमताको प्लान्टको आज वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश मातहत आएपछि अस्पताललाई व्यापक सुधार गरिएको बताउनुभयो । पचास शय्याको अस्पताललाई तीनसय श्याको बनाएको र अब चाडै नै ५०० शय्याको विशाल अस्पताल बनाइने उहाँले जानकारी दिनुभयो ।

तीन मात्रै चिकित्सक रहने अस्पतालमा ५० भन्दा बढी चिकित्सक थप गरिएको सघन उपचार कक्ष, एचडियु तथा भेन्टिलेटर जस्ता सबै सुविधा सञ्चालनमा ल्याइएको जानकारी दिँदै मुख्यमन्त्री पौडेलले चाडै नै मुटु रोग तथा अर्बुद रोग(क्यान्सर) को उपचारको छुट्टै युनिट सञ्चालनका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले हेटौँडा अस्पतालमा छ तले नयाँ भवन निर्माणको शुरुआत गरिसकेको जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याइएको जनाउँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सञ्चालन गरेका १३ वटै अस्पतालमा अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन नदिने बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले सबैको सहयोगबाट नै कोरोना नियन्त्रण र उपचारका लागि काम भइरहेको बताउनुभयो । उहाँले सरकारलाई सहयोग गर्नेहरुलाई धन्यवाद व्यक्त गर्दै सबैको सहयोगले नै उपलब्धि हासिल हुने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले अभावमा सहयोग गर्ने उद्योगपतिलाई धन्यवाद व्यक्त गर्नुभयो । हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महतले आफूहरुले अक्सिजन अभावमा गुज्रेको अस्पतालमा विभिन्न रोकावटका बाबजुद पनि तत्कालीन रुपमा दैनिक २० सिलिन्डर उत्पादन गर्ने प्लाण्ट जडान गरिएको जानकारी दिँदै महामारीको जुटेर सामना गर्नुपर्नेमा जोड दिनुभयो

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।