नेपालमा दुई हजार २१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि ,३३ जनाको मृ,त्यु

काठमाडौँ, पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार २१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार १०६ परीक्षणमा दुई हजार २१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या सात लाख ३२ हजार २७२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा एक हजार ८६७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म सङ्क्रमण मुक्त हुनेको सङ्ख्या छ लाख ८२ हजार ६८२ जना पुगेको छ ।

नेपालमा हाल ३५ हजार १८ होम आइसोलेशन र चार हजार २८० जना संस्थागत आइसोलेशनमा छन् । त्यसैगरी ७५८ आइसियू र १९३ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार २९८ जना रहेको मन्त्रालयले जनाएको छ ।

थप ३३ को मृ,त्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट ३३ जनाको मृ,त्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १० हजार २९२ पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेमा ६० वर्ष माथिका व्यक्तिहरु सबैभन्दा धेरै रहेको मन्त्रालयले जनाएको छ । कूल मृतक सङ्ख्यामध्ये पाँच हजार ५२२ जना सो उमेर समूहका रहेका छन् । सबैभन्दा धेरै ज्यान गुमाउनेको दोस्रो सूचीमा ५० देखि ५९ वर्षका उमेर समूहका छन् । नेपालमा हालसम्म ५० देखि ५९ वर्ष उमेर समूहका दुई हजार २८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरी ४० देखि ४९ वर्ष उमेर समूहका एक हजार ४७२ र ३० देखि ३९ वर्ष उमेर समूहका ८५० तथा २० देखि २९ वर्ष उमेर समूहका ३१८ जनाको कोरोना सङ्क्रमणबाट मृ,त्यु भएका छन् । १० देखि १९ वर्ष उमेर समूहका ५०, नौ वर्ष मुनिका ४५ र अज्ञात ७ जनाको कोरोना सङ्क्रमणबाट मृ,त्यु भएको मन्त्रालयले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।