सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष पनि मेला नलाग्ने

सिन्धुपाल्चोक, ३२ साउन ;जनैपूर्णिमाका अवसरमा वर्षेनी एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष पनि मेला नलाग्ने भएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टाँसी लामाले कोरोना म,हामारी बढ्दो क्रममा रहेकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गर्नुभएको हो । गत वर्ष पनि कोरोनाका कारण मेला लागेको थिएन।

मेला तथा जात्राले कोरोना सङ्क्रमण बढ्ने भएकाले मेला, जात्रा नगर्ने निर्णय गरिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पोखरेलले जानकारी दिनुभयो ।

यो वर्षको जनैपूर्णिमा भदौ ६ गते परेको छ । विभिन्न जिल्लाबाट सर्वसाधारण मेला भर्न पाँचपोखरी पुग्ने गरेका थिए । समुन्द्री सतहबाट करिब चार हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा सानाठूलो गरी पाँच वटा ताल रहेका छन् ।

यो पोखरी इन्द्रावती नदीको उदगम्स्थल हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तब्यमा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरीलाई पनि छनोट गरेको छ ।

पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध लिएर भक्तजन चढाउन जान्छन् । विशेषगरी यहाँ जाने भक्तजन खेतीपातीमा उन्नतिको आशीर्वाद माग्ने गर्छन् । पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाले शिवसरह श्रीमान् पाउने र बिहेपश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

महायज्ञ

असार १, साउन १७ तथा त्यसपछिको बा,ढी प,हिराले क्ष,ति पु¥याएपछि थप क्षति नहोस् भन्ने कामनासहित सिन्धुपाल्चोकको इच्छेश्वर महादेवको मन्दिर संरक्षण समितिले इच्छेश्वर महादेवको मन्दिर हेलम्बु– ६ पीपलचौर र नदी तटमा महायज्ञ लगाएको छ । महायज्ञ आजसम्म चल्नेछ ।

दुई दिनको विशेष पूजा आयोजना गरेको समितिले २० जना आचार्य गुरुद्वारा लघु रुद्री, चतुर्वेदका प्रत्येक मन्त्रद्वारा होम गरिने आचार्य नवराज भट्टराईले बताउनुभयो । बा,ढीको वितण्डा अझै नरोकिएको र विश्वशान्तिको कामनाका लागि हेलम्बु गाउँपालिकाको आर्थिक सहयोगमा पूजा गरिएको उहाँले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।