अर्थमन्त्रीद्वारा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीलाई आग्रह

काठमाडौँ, ३२ साउन ,अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीलाई आग्रह गर्नुभएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३४ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले उत्पादनमुखी काम गर्न आग्रह गर्नुभएको हो।

बचत तथा ऋण सहकारीहरुले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको भन्दै मन्त्री शर्माले साध्नुभयो, “तपाईहरुको लगानी केमा केन्द्रित छ ? घर जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन ।”

उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको भन्दै मन्त्री शर्माले त्यसमा सहयोग गर्न सहकारीहरुलाई आग्रह गर्नुभयो ।

“तपाईहरुका कुनै समस्या छन र मैले निर्णय गरेर हुन्छ भने त्यसको लागि म तयार छु”, मन्त्री शर्माले भन्नुभयो, “तपाईहरुले पनि उत्पादनको क्षेत्रमा लगानी बढाउनुस् । कम्तीमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउनुस् । गरिबी निवारणमा सहयोग गर्नुस् ।”

सहकारीले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म ब्याज लिने गरेको सुन्नमा आएको भन्दै उहाँले त्यसलाई घटाउनुपर्ने बताउनुभयो । कतिपय सहकारीले जनताको पैसा ठगेर उठिबास लगाएका घटना देखिएको भन्दै मन्त्री शर्माले त्यसतर्फ नेफ्स्कुनले ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले सहकारीका संस्थापकले नै जनताको सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । अहिलेसम्म स्थिरीकरण कोष खडा नभएको प्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले एक महिनाभित्र खडा गरेर आफूलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घमा चार हजार प्रारम्भिक संस्था तथा प्रदेश र जिल्ला बचत सङ्घमार्फत ७ हजार भन्दा बढी बचत तथा ऋण सहकारी संस्था आवद्ध रहेका छन् । देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीमा ३४ लाख व्यक्तिगत सदस्य आवद्ध रहेको नेफ्स्कुनले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।