प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि

रुपन्देही, १ भदौ । विपक्षी दलको अवरोधका कारण लुम्बिनी प्रदेशसभाको आजको बैठक स्थगित भएको छ ।

नवौँ अधिवेशनअन्तर्गत आजको पहिलो प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि भोलि बुधबार दिउँसो १ बजेम्मका लागि स्थगित भएको हो ।

बैठक शुरु भएलगत्तै नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले एमालेको संसदीय दलको ह्वीप उल्लङ्घन गर्ने र विधानविपरीत गतिविधि गर्ने दुई जना सदस्यलार्ई कारवाही गरिएको सूचना पढेर सुनाउन माग गर्नुभयो ।

उहाँले विमलाकुमारी खत्री वली र अजय शाहीलाई कारबाही नहुँदासम्म विपक्षी दलले बैठक चल्न नदिने बताउनुभयो ।

बैठकमा सभामुख पूर्णबहादुर घर्तीले कारवाहीको पत्र सचिवालयले प्रक्रियाअनुसार अघि बढाउने बताउनुभयो ।

त्यसपछि एमालेका सदस्यले उठेर विरोध जनाउनुभएको थियो । विपक्षी दलका सदस्यले टेबुल ठोकिरहँदा सभामुख घर्तीले प्रदेशसभा आह्वान भएको र लुम्बिनीमा नयाँ मन्त्रिपरिषद् गठन भएको जानकारी प्रदेशसभालाई गराएर बुधबार दिउँसो १ बजेसम्मको लागि बैठक स्थगित गर्नुभएको थियो।

यसअघि एमालेले सूर्य चिह्न लिएर चुनाव जितेका दाङकी विमलाकुमारी खत्री वली र नवलपरासीका अजय शाहीलाई कारवाही गर्न भन्दै सभामुखलाई पत्र बुझाएको थियो । एमालेले वली र शाही पदमुक्त नहुँदासम्म प्रदेशसभाको बैठक चल्न नदिने जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।