प्रदेश सरकारले भवन बनाउन ४० लाख प्रदान

बनियानी, २ भदौ । नेपाल पत्रकार महासङ्घ झापा शाखाको भवन निर्माणका लागि प्रदेश नं १ सरकारले रू ४० लाख प्रदान गर्ने भएको छ ।प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत भवन उक्त रकम विनियोजन भएको महासङ्घका शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो । बिर्तामोडस्थित नयाँ बसपार्कमा रहेको एकतले भवनमा दुई तला थप्ने गरी तत्काल काम अघि बढाइने उहाँले बताउनुभयो ।

यसका लागि शाखाका उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा सात सदस्यीय भवन निर्माण समितिसमेत गठन गरिएको छ । प्रदेश सरकारसँग भवन निर्माण सम्झौता गर्न जाने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसैबीच महासङ्घ प्रदेश नं १ कमिटीका कोषाध्यक्ष विमल लामिछानेले शाखाद्वारा प्रकाशित इ–बुलेटिनको मंगलबार सार्वजनिक गर्नुभयो ।महासङ्घले सञ्चालन गरेका गतिविधि समेटेर चौमासिकरूपमा प्रकाशन गर्ने गरी इ–बुलेटिन प्रकाशन थालिएको शाखा अध्यक्ष गिरीले बताउनुभयो । “महासङ्घको हरेक गतिविधि र कामकारबाहीलाई पारदर्शीरूपमा राख्नका लागि बुलेटिन प्रकाशन सुरु गरिएको हो”, उहाँले भन्नुभयो, “यसलाई महासङ्घको बेवसाइटमा राखिने छ ।”

सो अवसरमा प्रदेश नं १ का पत्रकारलाई रु १० लाख बराबरको ‘फेलोसिप’, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिइएको थियो । कार्यक्रममा पत्रकार महासङ्घ प्रदेश कमिटी सदस्य लीलाराज झापाली, प्रेस युनियनकी अध्यक्ष इन्दु पूर्वेली, प्रेस चौतारीका अध्यक्ष मुक्ति पौडेल, प्रेस सङ्गठन अध्यक्ष झुलन रेग्मी, नारी सञ्चारगृहकी अध्यक्ष भीमा शिवाकोटीलगायतले शाखाले नयाँ कामको सुरुआत गरेकामा धन्यवाद दिनुभयो । उहाँहरुले कोरोनाका कारण सकसपूर्ण अवस्थामा रहेको सञ्चार क्षेत्रलाई सबल बनाउन र पत्रकारलाई पेशाबाट पलायन हुने अवस्था आउन नदिन महासङ्घ जिल्ला, प्रदेश र केन्द्रले पहलकदमी गर्नुपर्नेमा सुझाव दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।