बिरामीले नयाँ जीवन पाउँदा यसरी केक काटेर उत्सव

बलेवा, २ भदौ। धौलागिरि अस्पताल बागलुङले एक महिनामा ९१ जटिल खालका शल्यक्रिया गरेको छ । साउनमा प्रसूति, हाडजोर्नी, नाक, कान, घाँटी, दाँत तथा बच्चाको शल्यक्रिया गरेको हो ।

धौलागिरि अस्पतालमा पहिलो पटक एकै महिनामा यति धेरै शल्यक्रिया भएका हुन् । यसअघि जटिल खालका शल्यक्रिया न्यून मात्रामा हुने गरेका थिए । यसअघिको तथ्याङ्क हेर्दा प्रसूतिका ३३ र अन्य जटिल खालका शल्यक्रिया तीन मात्रै एक महिनामा भएको तथ्याङ्क छ ।

अस्पतालको शल्यक्रिया कक्ष प्रमुख देवी भट्टराईले भन्नुभयो, “विषेशज्ञ चिकित्सकको सक्रियता र उपकरणको उपलब्धताले यो सम्भव भएको हो ।” अस्पतालले हाडजोर्नी टुटेफुटेको समयमा राख्नुपर्ने पातासमेत साउनदेखि बागलुङबाटै राख्न सुरु गरेको उहाँले बताउनुभयो ।

एक महिनामा प्रसूतिका लागि ४०, हाडजोर्निका ४५, नाक, कान र घाँटीका चार, दाँतको एक र अन्य शल्यक्रिया एक भएको तथ्याङ्क छ । “सधैँ पोखरा पठाउनुपर्ने बिरामीले साउनमा यहीँ सेवा पाए, खर्चका हिसाबले पनि सस्तो भयो”, विषेशज्ञ चिकित्सक नवीन पौडेलले भन्नुभयो, “बाहिर जाँदा रु दुई÷तीन लाख खर्च हुने समस्याको यहाँ हामीले रु १०÷१२ हजारमा सफल शल्यक्रिया गरेका छौं ।”

पौडेलका अनुसार हाडजोर्नीको शल्यक्रिया गर्नुपूर्व परीक्षणका लागि आवश्यक पर्ने सिएम मेसिन अस्पतालमा आएपछि सबैखालका शल्यक्रिया सम्भव भएको हो । “यहाँ विशेषज्ञ डाक्टर छौंँ, उपकरण पनि भएकाले अव बिरामीले पोखरा जानु पदैन्”, उहाँले भन्नुभयो, “अस्पतालमा गम्भीर प्रकृतिका शल्यक्रिया भइरहेका छन् ।”

आफ्नै तथ्याङ्कमा भारी वृद्धि भएपछि मङ्गलबार शल्यक्रिया कक्षका चिकित्सक तथा स्वास्थ्यकर्मीले केक काटेर उत्सव मनाएका छन् । बिरामीको सफल उपचार गरेर निको बनाएको खुशीयालीमा चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन उत्सव मनाएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।