पचास प्रतिशत अनुदानमा आधुनिक हलो वितरण

किमाथाङ्का, ३ भदौ । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक हलो (मिनीटिलर) वितरण गरेको छ ।

श्रम र समयको बचत हुनाका साथै सीमित जनशक्तिबाट पर्याप्त काम गर्न सकिने भएकाले सो उपकरण वितरण गरिएको हो ।

किसानलाई व्यावसायिक कृषि खेतीमा आकर्षित गर्न अनुदानमा मिनीटिलर वितरण गरिएको नगरप्रमुख मुरारीप्रसाद खतिवडाले बताउनुभयो । उहाँले लगानी खेर नफाली उत्पादन वृद्धि गर्दै आर्थिक उपार्जनतर्फ लाग्न आग्रह गर्नुभयो ।

मिनीटिलर पाएर गोरुलाई खुवाउने खर्च बचतका साथै काम गर्न पनि सहज भएको वडा नं ९ का राजेन्द्र खत्रीले बताउनुभयो ।

छनोट भएका ११ वडाका ३३ किसानलाई एउटैको रु ४४ हजार ५०० पर्ने मिनीटिलर ५० प्रतिशत अनुदानमा वितरण गरिएको नगरका कृषि शाखा प्रमुख दिपेन काफ्लेले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।