धनकुटामा मकै उत्पादन १० प्रतिशतले बृद्धि हुने अनुमान
धनकुटा,३ भदौ । धनकुटा यो बर्ष मकै उत्पादनमा बृद्धि हुने भएको छ । गत बर्ष भन्दा करिब १० प्रतिशत मकै उत्पादन बढ्ने अनुमान कृषि ज्ञानकेन्द्र धनकुटाले गरेको छ ।
धनकुटा यो बर्ष मकै खेतिका लागि अनुकुल वातावरण भएको रोग किराको प्रकोप कम भएको मल र बिऊ किसानले समयमै पाएकोले अघिल्लो बर्षको तुलनामा १० प्रतिशत सम्म मकै उत्पादन बढ्ने अनुमान गरेको कृषि ज्ञानकेन्द्र धनकुटाका सुचना अधिकारी सुरज खनालले जानकारी दिनु भयो ।
अघिल्लो बर्ष धनकुटामा १३ हजार ४ सय ६७ हेक्टरमा गरिएको खेति बाट ४५ हजार १ सय ४५ मेक्ट्रिकटन मकै उत्पादन भएको खनालले जानकारी दिनु भयो ।
धनकुटा देउती, मनकामना ३ र ४, गणेश १, रामपुर कम्पोजिट, तथा अरुण १ र २ लगायतका मकैको खेति हुने गरेको छ ।


