जिल्ला अस्पताल खाँदबारीमा आइसीयू जडान प्रक्रिया अगाडि बढ्यो

किमाथाङ्का, ३ भदौ । सङ्खुवासभास्थित जिल्ला अस्पताल खाँदबारीको आइसीयू उपकरण खरिदमा अनियमितता भएको उजुरीको सुनुवाइ भएको छ । सार्वजनिक खरिद पुनरावलोकन समितिले सो उजुरीको फैसला सुनाएको हो ।

द मेडिकल सोलुसनले खरिद प्रक्रिया गलत भएको जनाउँदै बोलपत्र स्वीकृत गर्ने आशयको सूचना रद्द गर्न सो समितिमा उजुरी दिएको थियो । अस्पतालले गरेको खरिद प्रक्रिया गलत नभएको जनाउँदै सामग्री खरिदका लागि समितिले बुधबार जिल्ला अस्पताललाई आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको जिल्ला अस्पतालका निमित्त प्रमुख सुन्दरश्याम झाले जानकारी दिनुभयो ।

अध्यक्ष भीमकुमार ओझा नेतृत्वको समितिले सामग्री खरिद प्रक्रियामा त्रुटि नरहेको निष्कर्ष निकालेको थियो । उपकरण खरिदका लागि सबैभन्दा थोरै रकम कबोल गर्ने सोलुसनको प्राविधिक प्रस्ताव कमजोर रहेको निर्णयमा उल्लेख छ । उक्त निर्णयसँगै अनियमितताको आरोप लगाउँदै पुनरावलोकन समितिमा उजुरी दिने सोलुसनको रु तीन लाख धरौटी रकम जफत गर्ने भनिएको उहाँले बताउनुभयो ।

अस्पतालको आइसीयू सामग्री खरिदसम्बन्धी गरिएको बोलपत्र आह्वानमा पाँच कम्पनीले बोलपत्र पेश गरेका थिए । तीमध्ये आर्थिक प्रस्तावमा बढी रकम पेश गर्ने ¥यापिड ट्रेडर्सलाई अस्पतालले छनोट गरेको थियो ।

उक्त ट्रेडर्सको प्रस्ताव रकम बढी भए पनि सबैभन्दा गुणस्तरीय सामग्री उपलब्ध गराउने कबोल गरेको बायोमेट्रिक विशेषज्ञको सिफारिसअनुसार ¥यापिडलाई छनोट गरिएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको थियो । उक्त निर्णयपछि सबैभन्दा न्यून रकम कबोल गर्ने सोलुसनले उजुरी दर्ता गराएको थियो । उक्त उजुरीपछि सार्वजनिक खरिद अवलोकन समितिले अनुसन्धान सुरुआत गरेको थियो ।

सार्वजनिक खरिद अवलोकन समितिको उक्त निर्णयसँगै आइसीयू खरिद प्रक्रिया अघि बढेको अस्पतालले जनाएको छ । अब जति सक्दो चाँडो आइसीयू उपकरण जडान गरी सेवा सञ्चालन गरिने अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले जानकारी दिनुभयो । यसका लागि कुनिना गुठीले मासिक रु तीन लाख उपलब्ध गराउने सम्झौता गरिसकिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।