ब्राउन सुगरसहित तीन प,क्राउ
लहान, ४ भदौ । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित प्रहरीले तीन जनालाई प,क्राउ गरेको छ ।
प,क्राउ पर्नेमा लहान नगरपालिका–२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, सोही नगरपालिका–५ का ५२ वर्षीय रामदेव यादव र २५ वर्षीय दीपेन्द्र यादव छन् ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई प,क्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिनुभयो ।
यो पनि पढ्नुहोस.
डोटी,गएरातिको वर्षाका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग पुनःसञ्चालनमा आएकोे छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार डोटी र डडेल्धुराको सीमा क्षेत्र गैरा नजिक पहिरो जाँदा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने एकमात्र पहाडी राजमार्ग अवरुद्ध भएको थियो ।
सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले सञ्चालन भएको प्रहरी चौकी घण्टेश्वर गैराले जनाएको छ । दर्जनौँ सवारीसाधन अहिले आआफ्नो गन्तव्यतिर लागेका स्थानीयवासी मोतीसिंह बमले बताउनुभयो ।


