‘उस्मान अली बचाऊ’अभियानमा २३ लाख सङ्कलन

तनहुँ, ५ भदौ । शुक्लागण्डकी नगरपालिका–५ निवासी नौ महिने बालक उस्मान अलीको उपचारका लागि रकम जुट्ने क्रम जारी रहेको छ ।

विश्वकै दु,र्लभ रोगमध्येको एसएमए (इस्पाइनल मस्कुलर एट्रोफी) रोगबाट ग्रसित बालकको उपचारका लागि सहयोग रकम जुट्न थालेको हो ।

बालकको उपचारको लागि हालसम्म करिब रु २३ लाख सङ्कलन भइसकेको बालकका मामा अप्पु मियाँले जानकारी दिनुभयो ।

भान्जाको उपचारका लागि सबै क्षेत्रबाट सक्रिय भएर आर्थिक सङ्कलन कार्य भइरहेकाले नयाँ जीवन पाउने आशा पलाएको उहाँले बताउनुभयो । उक्त रोगको उपचार नेपालमा नहुने र उपचारका लागि विदेश लैजानुपर्ने हुँदा खर्चिलो हुने बताइएको छ ।

यस रोगको उपचारका लागि जोल्जेन्स्मा नामक औषधि दिइने र यो औषधि विश्वकै महँगो पर्ने बताइएको छ । विश्व बजारमा यसको मूल्य अमेरिकी २.१ मिलियन डलर अर्थात् झण्डै रु २६ करोड पर्ने हुँदा यसको उपचार सामान्य नेपालीको पहुँचभन्दा बाहिर छ ।

जिल्लाका युवायुवती तथा देश विदेशमा रहनुभएका नेपालीको सक्रियतामा उक्त रकम सङ्कलन भएको हो । जिल्लाको दुलेगौडा, खैरेनीटार, दमौली डुम्रेलगायतका स्थानमा घरदैलो गरी रकम सङ्कलन गर्ने कार्य भइरहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।