वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट

काठमाडौँ, ७ भदौ मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो ।

कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म आइपिओ सर्वसाधारणमा जारी गरेको थियो । संस्थाको आइपिओमा २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएका थिए । उक्त आवेदनमध्येमा सात हजार ४३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकी रहेका २३ लाख ५४ हजार ७८४ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँट गरिएको हो ।

गोलाप्रथाबाट ३६ हजार ८५९ आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् भने तीन जनाले ११ कित्ता शेयर पाएका बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्टले जनाएको छ । आवेदन दिएकामध्ये २३ लाख २४ हजार बढी आवेदकको हात खाली भएको छ ।

कम्पनीले रु १०० अङ्कित दरका रु तीन करोड ९३ लाख ७५ हजार बराबरको तीन करोड ९३ लाख ७५ हजार कित्ता आइपिओ निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशतले हुन आउने ५४६९ कित्ता कर्मचारी र जारी पूँजीको पाँच प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

आइपिओ जारी भएपछि कम्पनीको चुक्तापूँजी रु १० करोड ९३ लाख ७५ हजार पुग्नेछ । आइपिओको नतिजा मेरा ेशेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेन्ट क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖