पूर्वाधार निर्माणलाई बजेट;राष्ट्रिय खेलकुद

कास्की, ८ भदौ ।गण्डकी प्रदेशमा गत वर्षको फागुनमा तय भएको नवौँ राष्ट्रिय खेलकुद कोरोना भाइरसको म,हामारीका कारण आयोजना हुन सकेन । विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा आठौँ राष्ट्रिय खेलकुदको समापनपछि नवौँ आयोजनाको जिम्मेवारी गण्डकीले पाएको थियो । अघिल्लो वर्ष कोरोनाले प्रतियोगिता रोकिएकाले यस वर्ष आयोजना गर्ने योजना राष्ट्रिय खेलकुद परिषद् (राखेप)को छ ।

प्रतियोगिताको आयोजना कोभिड–१९ को प्रभावमा निर्भर रहने राखेपले जनाएको छ । प्रतियोगिता यसै वर्ष हुने/नहुने यकिन नभए पनि प्रतियोगिता लक्ष्य गरेर खेल पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको छ । राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरा रङ्गशालासहित प्रदेशका अन्य जिल्लामा खेल पूर्वाधार निर्माणका लागि रु १६ करोड ४५ लाख बजेट विनियोजन गरिएको क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिनुभयो ।

कूल विनियोजित बजेटमा पोखरा रङ्गशालामा मात्रै रु १५ करोड छ । पोखरा रङ्गशालाभित्र हिटिङ स्वीमिङ पुल (पौडी पोखरी)का लागि रु छ करोड बजेट यस वर्ष परेको छ । सुटिङका लागि रु दुई करोड विनियोजन गरिएको छ । यसैगरी फुटबल स्टेडियमा ‘फ्लड लाइट’ जडानका लागि रु पाँच करोड, रङ्गशालामा होभरहेड ट्याङ्की रु एक करोड र पोखरा क्रिकेट मैदानका लागि रु एक करोड यस वर्ष राखेपको रातो किताबमा परेको कार्यालय प्रमुख योगीले जानकारी दिनुभयो ।

“कोरोनाका कारण गत वर्ष सम्पन्न हुन नसकेको राष्ट्रिय खेलकुद यस वर्ष सम्पन्न गर्ने योजना राखेपको छ”, योगीले भन्नुभयो, “सोहीअनुसार खेल पूर्वाधार निर्माणका लागि बजेट विनियोजन भएको छ, छिट्टै बोलपत्र आह्वान भएर कार्यान्वयन गछौँ ।” पोखरा रङ्गशालामा अधिकांश खेलका पूर्वाधार तयारी अवस्थामा रहेकाले पनि प्रतियोगिता आयोजनालाई समस्या नपर्ने बताइन्छ । पौडी पोखरी, सुटिङ र हक्कीबाहेका अन्य खेलका पूर्वाधारको समस्या पोखरामा छैन ।

राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माणमा बजेट अभाव भएमा यसबाहेक पनि थप बजेट प्राप्त हुने योगीको भनाइ छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मर्मत तथा निर्माण शीर्षकमा रु ५० लाख छुट्याइएको छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्ने राखेपले योजना बनाएको छ । पोखरा रङ्गशालाबाहेक अन्यत्र जिल्लास्तरमा आवश्यक पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि यस वर्ष बजेट छुट्याइएको छ ।

पर्वत, मनाङ र मुस्ताङमा कभर्डहलका लागि रु १० लाखका दरले बजेट विनियोजन गरिएको छ । स्याङ्जामा खेल पूर्वाधारका लागि रु १० लाख, नवलपरासीको कावासोती रङ्गशालाका लागि रु १० लाख, तनहुँको चिन्नुटार, म्याग्दीको रत्नेचौर, लमजुङको राइनास र गोरखा रङ्गशालाका लागि रु १० लाखका दरले राखेपबाट बजेट विनियोजन भएको क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।